दूरसञ्चार प्राधिकरणले भन्यो- तथ्यहीन समाचारप्रति ध्यान आकृष्ट भएको छ
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित तथ्यहीन समाचारप्रति ध्यानाकृष्ट भएको जनाएको छ । ‘दूरसञ्चार प्राधिकरणमा अर्को अनियमितता : पूर्वसचिवकै हस्ताक्षर किर्ते गरेर एमडीएमएसको ठेक्का’ शीर्षक राखेर सञ्चारमाध्यममा प्रकाशित तथ्यहीन समाचारप्रति ध्यान आकृष्ट भएको प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलद्वारा सोमबार हस्ताक्षरित प्रेस विज्ञप्तिमा मोबाइल उपकरणहरूको आयात, प्रयोग तथा बिक्री वितरणलाई थप व्यवस्थित गर्न, हराएका तथा चोरी भएका मोबाइल सेटहरूको ट्रयाक तथा ब्लक गर्न र प्रमाणिक मोबाइल सेटहरू पहिचान गर्न मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) सञ्चालनमा ल्याइएको उल्लेख छ ।
एमडीएमएस प्रणाली खरिद छनौटको क्रममा परेको उजुरी सम्बन्धमा खरिद विज्ञ सुरेश प्रधानलाई २०७६ वैशाख १७ गते नियुक्त गरिएको र उनको इमेल ठेगाना Email Address: [email protected] मार्फत Mon, May 6, 2019, 11:14 PM मा राय तथा सुझाव प्राप्त भएको उल्लेख छ । सो वापत उनलाई करबाहेक ४० हजार रुपियाँ एभरेष्ट बैंक लिमिटेड, नयाँ बानेश्वर शाखा खाता नं. ००१००५०१XXXXXX मार्फत भुक्तानी समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘सञ्चार विज्ञ प्रधानको प्रतिवेदन सम्बन्धमा प्रकाशित भएको तथ्यहीन, भ्रामक तथा चरित्र हनन् गर्ने समाचारलाई प्राधिकरण खण्डन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । साथै प्रवक्ता तथा सहायक प्रवक्तामार्फत सत्यतथ्यमा आधारित भएर प्राधिकरणमा हुने काम कारबाहीबारे खबर सम्प्रेषण गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...












