ब्राजिलले गर्यो दिवङ्गत महान फुटबल खेलाडी जगालोलाई अलविदा
ब्रासीलिया । चार पटकको विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक ९२ वर्षको उमेरमा निधन हुनुभएका मारियो जगालोलाई ब्राजिलियाली जनताले अन्तिम श्रद्धाञ्जलि दिएका छन् । उहाँ ब्राजिलको सबैभन्दा महान फुटबल पुस्ताको अन्तिम सदस्य हुनुहुन्थ्यो ।
रियो डे जेनेरियोमा ब्राजिलियाली फुटबल परिसङ्घ (सिबिएफ) को मुख्यालयमा उहाँको कफिनअगाडि शोक सन्तप्त मानिस कालो, ब्राजिलको राष्ट्रिय टिमको पहेँलो तथा जगालोले खेल्ने र प्रशिक्षण गर्नुभएका क्लबहरूको रङका कपडा लगाएका थिए ।
आइतबार फिताले टाँसिएको कफिननजिकै ब्राजिलको रेकर्ड पाँच विश्वकप ट्रफीहरू पनि प्रदर्शन गरिएको थियो । फुटबल इतिहासमा सबैभन्दा बढी पाँचमध्ये चारवटा जित्नमा आफ्नो रणनीतिक प्रतिभाका लागि परिचित लेफ्ट विङ जगालोको हात थियो ।
‘प्रोफेसर’ का रूपमा पनि चिनिने उहाँले ब्राजिलको सन् १९५८ र सन् १९६२ विश्वकप विजेता टिममा पेलेसँग खेल्नुभएको थियो । त्यसपछि उहाँ पेलेले खेल्नुभएको सन् १९७० विश्व च्याम्पियन टिमको प्रशिक्षक बन्नुभयो । उक्त टिमलाई धेरै मानिसले इतिहासको सबैभन्दा महान टिम मान्छन् । साथै सन् १९९४ मा ‘सेलेकाओ’ ९ब्राजिलको राष्ट्रिय टिमको उपनाम० ले उक्त उपलब्धि दोहोर्याउँदा उहाँले सहायक प्रशिक्षकका रूपमा काम गर्नुभयो ।
“उहाँले फुटबलमा इतिहास रच्नुभयो, यो ठूलो नोक्सानी हो”, प्रसिद्ध क्लब फ्लेमेङ्गोका पूर्वअध्यक्ष एडुआर्डो बान्डेरा डे मेलोले भन्नुभयो, “उहाँले सन् १९७० मा राष्ट्रिय टिमसँग जे गर्नुभयो त्यो हरेक प्रशिक्षकका लागि प्रेरणा हुनुपर्छ ।” जगालो फ्लेमेङ्गोमा खेलाडी तथा व्यवस्थापक दुवै हुनुहुन्थ्यो ।
हालैका महिनाहरूमा धेरै स्वास्थ्य समस्याको सामना गरेपछि रियो अस्पतालमा मल्टिपल अर्गन फेल्योरका कारण जगालोको शुक्रबार निधन भएको छ । सार्वजनिक जागरणपछि निजी सामूहिक प्रार्थनासभा हुनेछ र त्यसपछि उहाँको शवलाई साओ जोआओ बतिस्ता कब्रस्तानमा गाडिने छ । उक्त कब्रस्तान ब्राजिलका केही सबैभन्दा प्रसिद्ध नागरिकहरूको अन्तिम विश्राम स्थल हो ।
राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जगालोलाई ‘सर्वकालीन महान फुटबल खेलाडी तथा प्रशिक्षकहरू मध्ये एक’ भन्दै उहाँको निधनमा शनिबारदेखि तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गर्नुभयो र सम्पूर्ण ब्राजिलमा आधा झन्डा झुकाउन आदेश दिनुभयो ।
फुटबल जगत्बाट पनि श्रद्धाञ्जलि दिइएको छ । फिफा अध्यक्ष गियानी इन्फेन्टिनोले जगालोको प्रभाव ‘सर्वोच्च’ रहेको बताउनुभयो । विश्वकप विजेता रोनाल्डिन्हो, रोमारियो र काफुले श्रद्धाञ्जलि व्यक्त गर्नुभयो र हाल ब्राजिल तथा रियल मेड्रिडका स्टार भिनिसियस जुनियरले उहाँलाई ‘लिजेन्ड’ भन्नुभयो । खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप जित्ने एकमात्र अन्य पुरुषमा जर्मनीका फ्रान्ज बेकनबाउर ९सन् १९७४ र सन् १९९०० तथा फ्रान्सका डिडिएर डेसच्याम्प्स ९सन् १९९८ र सन् २०१८० हुनुहुन्छ ।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












