ब्राजिलले गर्यो दिवङ्गत महान फुटबल खेलाडी जगालोलाई अलविदा
ब्रासीलिया । चार पटकको विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक ९२ वर्षको उमेरमा निधन हुनुभएका मारियो जगालोलाई ब्राजिलियाली जनताले अन्तिम श्रद्धाञ्जलि दिएका छन् । उहाँ ब्राजिलको सबैभन्दा महान फुटबल पुस्ताको अन्तिम सदस्य हुनुहुन्थ्यो ।
रियो डे जेनेरियोमा ब्राजिलियाली फुटबल परिसङ्घ (सिबिएफ) को मुख्यालयमा उहाँको कफिनअगाडि शोक सन्तप्त मानिस कालो, ब्राजिलको राष्ट्रिय टिमको पहेँलो तथा जगालोले खेल्ने र प्रशिक्षण गर्नुभएका क्लबहरूको रङका कपडा लगाएका थिए ।
आइतबार फिताले टाँसिएको कफिननजिकै ब्राजिलको रेकर्ड पाँच विश्वकप ट्रफीहरू पनि प्रदर्शन गरिएको थियो । फुटबल इतिहासमा सबैभन्दा बढी पाँचमध्ये चारवटा जित्नमा आफ्नो रणनीतिक प्रतिभाका लागि परिचित लेफ्ट विङ जगालोको हात थियो ।
‘प्रोफेसर’ का रूपमा पनि चिनिने उहाँले ब्राजिलको सन् १९५८ र सन् १९६२ विश्वकप विजेता टिममा पेलेसँग खेल्नुभएको थियो । त्यसपछि उहाँ पेलेले खेल्नुभएको सन् १९७० विश्व च्याम्पियन टिमको प्रशिक्षक बन्नुभयो । उक्त टिमलाई धेरै मानिसले इतिहासको सबैभन्दा महान टिम मान्छन् । साथै सन् १९९४ मा ‘सेलेकाओ’ ९ब्राजिलको राष्ट्रिय टिमको उपनाम० ले उक्त उपलब्धि दोहोर्याउँदा उहाँले सहायक प्रशिक्षकका रूपमा काम गर्नुभयो ।
“उहाँले फुटबलमा इतिहास रच्नुभयो, यो ठूलो नोक्सानी हो”, प्रसिद्ध क्लब फ्लेमेङ्गोका पूर्वअध्यक्ष एडुआर्डो बान्डेरा डे मेलोले भन्नुभयो, “उहाँले सन् १९७० मा राष्ट्रिय टिमसँग जे गर्नुभयो त्यो हरेक प्रशिक्षकका लागि प्रेरणा हुनुपर्छ ।” जगालो फ्लेमेङ्गोमा खेलाडी तथा व्यवस्थापक दुवै हुनुहुन्थ्यो ।
हालैका महिनाहरूमा धेरै स्वास्थ्य समस्याको सामना गरेपछि रियो अस्पतालमा मल्टिपल अर्गन फेल्योरका कारण जगालोको शुक्रबार निधन भएको छ । सार्वजनिक जागरणपछि निजी सामूहिक प्रार्थनासभा हुनेछ र त्यसपछि उहाँको शवलाई साओ जोआओ बतिस्ता कब्रस्तानमा गाडिने छ । उक्त कब्रस्तान ब्राजिलका केही सबैभन्दा प्रसिद्ध नागरिकहरूको अन्तिम विश्राम स्थल हो ।
राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जगालोलाई ‘सर्वकालीन महान फुटबल खेलाडी तथा प्रशिक्षकहरू मध्ये एक’ भन्दै उहाँको निधनमा शनिबारदेखि तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गर्नुभयो र सम्पूर्ण ब्राजिलमा आधा झन्डा झुकाउन आदेश दिनुभयो ।
फुटबल जगत्बाट पनि श्रद्धाञ्जलि दिइएको छ । फिफा अध्यक्ष गियानी इन्फेन्टिनोले जगालोको प्रभाव ‘सर्वोच्च’ रहेको बताउनुभयो । विश्वकप विजेता रोनाल्डिन्हो, रोमारियो र काफुले श्रद्धाञ्जलि व्यक्त गर्नुभयो र हाल ब्राजिल तथा रियल मेड्रिडका स्टार भिनिसियस जुनियरले उहाँलाई ‘लिजेन्ड’ भन्नुभयो । खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप जित्ने एकमात्र अन्य पुरुषमा जर्मनीका फ्रान्ज बेकनबाउर ९सन् १९७४ र सन् १९९०० तथा फ्रान्सका डिडिएर डेसच्याम्प्स ९सन् १९९८ र सन् २०१८० हुनुहुन्छ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












