जलविद्युत्को विकास भए मात्रै नेपाल समृद्ध : अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत्को विकास भएमात्रै मुलुक समृद्ध हुने बताएका छन्।
बिहीवार इप्पानको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले देशलाई समृद्ध बनाउन जलविद्युत् विकास पहिलो भएको बताएका हुन्। उनले सरकारले १० वर्षमा २८ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न ऊर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक रहेको बताए। मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत् भएको दाबी गरे।
उनले बैंक तथा वित्तीय क्षेत्रले पनि जलविद्युत्मा लगानी बढाउन आवश्यक रहेको बताए। उनले १० वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपैयाँ आवश्यक पर्ने बताए। उनले त्यसका लागि नेपालभित्रबाट कति सम्भव भन्ने कुरामा राष्ट्रबैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए। सरकारले २८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि ऊर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रूपमा विकास गरी सबै काम ऊर्जा मन्त्रालयबाट गर्नसक्ने वातावरण बनाउन आवश्यक रहेको बताए।
ऊर्जा क्षेत्रका सबै काम ऊर्जा मन्त्रालयबाटै हुनेगरी ऊर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक देखिएको उल्लेख गरे। उनले सरकारले जलविद्युत् क्षेत्रका लागि धेरै खालका नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए। जलविद्युत् उत्पादनका लागि झन्झटिला नीति र कार्यविधि सरकारले सुधार गरेर लैजानसके मात्रै २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल हुनसक्ने दाबी उनको छ।
उनले भने, ‘जलविद्युत् क्षेत्रमा धेरै खाले सुरक्षा र तोडफोड भोगिरहेका छौं। त्यसैले अबको दश वर्षलाई ऊर्जा दशक घोषणा गरौँ। ऊर्जा विकासका लागि संकटकाल लगाउनुपर्छ। सरकारले यो कुरा कार्यान्वयन गर्छ भन्ने आशा छ। जलविद्युत् उत्पादनभन्दा बाहेकको आम्दानी हुँदैन। जलविद्युत् कम्पनीको बैंकको ब्याजदर वृद्धि,ट्रान्समिसन लाइन, बाढी र पानीको समस्या लगायतले आम्दानी घट्दै छ। धेरै खालका नीतिगत सुधार गर्नुपर्छ। जलविद्युत् उत्पादनका लागि झन्झटिला नीति र कार्यविधि छन्। तिनीहरूलाई सरकारले सुधार गरेर लैजानुपर्छ।’
अध्यक्ष कार्कीले अबको १० वर्षलाई ऊर्जा दशक घोषणा गर्न माग गरे। उनले पछिल्लो समय जलविद्युत् उत्पादनमा विभिन्न खालका समस्या रहेकाले कम्पनीहरूको आम्दानी समेत घट्ने अवस्थामा रहेको बताए।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











