झापामा ड्रागन फलको खेती बढ्दै
दमक । ड्रागन फलले बजार पाउन थालेपछि झापामा व्यावसायिक रुपमा यसको खेती सुरु भएको छ । पाँच वर्षअघि जिल्लामा परीक्षणका रुपमा थालिएको ड्रागन फलको खेती पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रुपमा खेती सुरु गरिएको हो । हाल दमक, बुद्धशान्ति, बाह्रदर्शी, गौरीगञ्जलगायतका ५० विघाभन्दा बढी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती भइरहेको आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा अनुदानको कार्यक्रम सञ्चालन गरेकाले पनि खेतीमा किसानको आकर्षण बढ्दै गएको पाइएको उहाँको भनाइ छ । खेतीसँगै किसानले यसको विरुवा उत्पादनमा पनि जोड दिँदै आएको उहाँले बताउनुभयो । “बाहिरी जिल्लाबाट विरुवा ल्याएर खेती थालेका उनीहरुले अहिले आफैँ नर्सरी सञ्चालन गरी अन्य जिल्लामा बिक्री गर्न थालेका छन्”, उहाँले भन्नुभयो ।
बाह्रदशी गाउँपालिका–७ मा स्थापित फाल्गुनन्द कृषि फार्मले अहिले ठूलो सङ्ख्यामा बिरुवा बिक्री गर्दै आएको छ । फार्मका व्यवस्थापक छोटुभाइ अन्सारीले पछिल्लो समय बिरुवा उत्पादन र बिक्रीलाई जोड दिएको बताउनुभयो । उहाँका अनुसार फार्म अहिले ३३ बिघामा फैलिएको छ । “फार्ममा विरुवा लिनका लागि भारतबाट समेत किसान आउने गरेका छन्”, उहाँले भन्नुभयो, “एक जना किसानले १० हजार वटासम्म बिरुवा लैजाने गरेका छन् ।” उहाँका अनुसार यो फलको खेती बलौटे माटोमा राम्रो हुन्छ ।
जिल्लाको बुद्धशाति गाउँपालिका–१ का किसान प्रतिमा पोखरेलले बिरुवा नहुर्केञ्जेल फलको बीचमा कुरिलो खेती गर्दै आएको बताउनुभयो । बिरुवा हुर्कदै गर्दा अन्य नगदेबाली उत्पादनबाट आयआर्जन भइरहेको उहाँको भनाइ छ ।
दमक-४ का पूर्णकुमार लामाले गतवर्ष १५ कट्ठा क्षेत्रफल गरिएको ड्रागन खेतीबाट रु पाँच लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो । उहाँले यस वर्ष ४० पोल बिरुवा थप गर्नुभएको छ ।
जिल्लाकै गौरीगञ्जमा चार बिघा जमिनमा ड्रागन फलको खेती गर्नुभएका दमक–२ का भुपेन्द्र थापाले गत वर्ष रु २५ लाखभन्दा बढीको फल बिक्री गरेको र यस वर्ष थप उत्पादन हुने देखिएको बताउनुभयो । मल र सिँचाइको उपलब्धता राम्रो भएमा बिरुवा लगाएको एक वर्षदेखि उत्पादन सुरु हुने र वर्षौँसम्म उत्पादन गर्न सकिन्छ । यो फल चैतमा फुल फुल्न थालेपछि असोजसम्म उत्पादन हुन्छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












