झापामा ड्रागन फलको खेती बढ्दै
दमक । ड्रागन फलले बजार पाउन थालेपछि झापामा व्यावसायिक रुपमा यसको खेती सुरु भएको छ । पाँच वर्षअघि जिल्लामा परीक्षणका रुपमा थालिएको ड्रागन फलको खेती पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रुपमा खेती सुरु गरिएको हो । हाल दमक, बुद्धशान्ति, बाह्रदर्शी, गौरीगञ्जलगायतका ५० विघाभन्दा बढी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती भइरहेको आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा अनुदानको कार्यक्रम सञ्चालन गरेकाले पनि खेतीमा किसानको आकर्षण बढ्दै गएको पाइएको उहाँको भनाइ छ । खेतीसँगै किसानले यसको विरुवा उत्पादनमा पनि जोड दिँदै आएको उहाँले बताउनुभयो । “बाहिरी जिल्लाबाट विरुवा ल्याएर खेती थालेका उनीहरुले अहिले आफैँ नर्सरी सञ्चालन गरी अन्य जिल्लामा बिक्री गर्न थालेका छन्”, उहाँले भन्नुभयो ।
बाह्रदशी गाउँपालिका–७ मा स्थापित फाल्गुनन्द कृषि फार्मले अहिले ठूलो सङ्ख्यामा बिरुवा बिक्री गर्दै आएको छ । फार्मका व्यवस्थापक छोटुभाइ अन्सारीले पछिल्लो समय बिरुवा उत्पादन र बिक्रीलाई जोड दिएको बताउनुभयो । उहाँका अनुसार फार्म अहिले ३३ बिघामा फैलिएको छ । “फार्ममा विरुवा लिनका लागि भारतबाट समेत किसान आउने गरेका छन्”, उहाँले भन्नुभयो, “एक जना किसानले १० हजार वटासम्म बिरुवा लैजाने गरेका छन् ।” उहाँका अनुसार यो फलको खेती बलौटे माटोमा राम्रो हुन्छ ।
जिल्लाको बुद्धशाति गाउँपालिका–१ का किसान प्रतिमा पोखरेलले बिरुवा नहुर्केञ्जेल फलको बीचमा कुरिलो खेती गर्दै आएको बताउनुभयो । बिरुवा हुर्कदै गर्दा अन्य नगदेबाली उत्पादनबाट आयआर्जन भइरहेको उहाँको भनाइ छ ।
दमक-४ का पूर्णकुमार लामाले गतवर्ष १५ कट्ठा क्षेत्रफल गरिएको ड्रागन खेतीबाट रु पाँच लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो । उहाँले यस वर्ष ४० पोल बिरुवा थप गर्नुभएको छ ।
जिल्लाकै गौरीगञ्जमा चार बिघा जमिनमा ड्रागन फलको खेती गर्नुभएका दमक–२ का भुपेन्द्र थापाले गत वर्ष रु २५ लाखभन्दा बढीको फल बिक्री गरेको र यस वर्ष थप उत्पादन हुने देखिएको बताउनुभयो । मल र सिँचाइको उपलब्धता राम्रो भएमा बिरुवा लगाएको एक वर्षदेखि उत्पादन सुरु हुने र वर्षौँसम्म उत्पादन गर्न सकिन्छ । यो फल चैतमा फुल फुल्न थालेपछि असोजसम्म उत्पादन हुन्छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












