ओलीले प्रधानमन्त्री प्रचण्डलाई भने- मध्यपहाडका समस्या दराजमा नथन्कियोस्
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेरै ध्यानाकर्षण गराएका छन्।
प्रमुख प्रतिपक्षी दल एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो।
त्यसक्रममा देखिएका समस्या एकीकृत गरेर समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको उपाध्यक्ष विष्णु पौडेलले बताए।
‘हामीले मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा गर्यौं। त्यस भेगको समस्या पहिचानका लागि महत्त्वपूर्ण बन्यो,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘हामीले त्यहाँको समस्या केन्द्रीकृत गरेर ध्यानाकर्षण गराएका छौं, यी समस्याहरू दराजमा नथन्कियुन्, कार्यान्वयन तहमा जाऊन्।’
जवाफमा प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विद्यामान समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएको पौडेलले जानकारी दिए। प्रधानमन्त्रीले सम्बोधन गर्न सकिने विषय सरकारको नीति, कार्यक्रम र बजेटमै समावेश गरेर लैजाने प्रतिबद्धता व्यक्त गरेको पौडेलले बताए।
पौडेलका अनुसार ध्यानाकर्षण पत्रमा मध्यपहाडी लोकमार्गको अवस्थिति परिवर्तन गरिनुपर्ने विषय समेटिएका छन्। सिँञ्चाइ सुविधा नभएका कारण खेतीयोग्य जमिन बाँझो भएको, अस्पताल नहुँदा नागरिकले सास्ती पाएका विषय पनि समेटिएका छन्।
संकल्प यात्राका क्रममा आएका जन गुनासालाई वर्गीकरण गरेर, कुन–कुन निकायसँग सम्बन्धित छन् भनेर छुट्टयाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेले माघ मसान्तदेखि गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ।
सुरूआती चरणमा सातै प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको एमालेले अहिले संकल्प यात्राका क्रममा प्राप्त समस्या सम्बोधनका लागि मात्रै ध्यानाकर्षण गराउन लागिएको बताए। ‘आन्दोलनका लागि आन्तरिक तयारी भइरहेको छ, अहिलको ज्ञापन पत्र संकल्प यात्राका क्रममा उठेका विषयसँग मात्रै सम्बन्धित हो,’ ज्ञवालीले भने।
एमालेले माघ १५ गतेभित्र सचिवालय बैठक र माघ मसान्तभित्र केन्द्रीय कमिटीको बैठक राखेर आन्दोलनको कार्ययोजना बनाउने तयारी गरेको छ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












