सिमेन्ट उत्पादनलाई पर्यावरणमैत्री बनाउन समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । खानी तथा भूगर्भ विभाग र सिमेन्ट उत्पादक सङ्घले भारतको टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टसँग नेपालमा चुनढुङ्गा क्याल्साइन माटोको प्रविधि प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेसम्बन्धी समझदारीपत्रमा सोमबार साँझ हस्ताक्षर गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय मुकुन्दप्रसाद निरौला र नारायणप्रसाद शर्मा दुवाडीको उपस्थितिमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापा र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टका उपाध्यक्ष सौमेन माइतेबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
चुनढुङ्गा क्याल्साइन माटोको प्रयोगमार्फत सिमेन्ट उत्पादन गर्दा कार्वन उत्सर्जनमा ४० प्रतिशत कमी आउनुका साथै कोइलाको खपतमा समेत कमी आउने खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए। उक्त प्रविधिलाई स्वीस सरकार विकास सहयोग (एसडिसी) ले सहयोग गरेको छ ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले चुनढुङ्गाको प्रयोगमार्फत सिमेन्ट उत्पादन गर्दा त्यसबाट निस्कने कार्वनले वातावरणमा नराम्रो प्रभाव पारेको भन्दै त्यसलाई कमी गर्न नयाँ प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्दा चुनढुङ्गाको प्रयोगमा समेत कमी आउने उनको भनाइ थियो ।
मन्त्रालयका अर्का सचिव दुवाडीले नयाँ प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्दा मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वातावरणीय सिमेन्ट उत्पादनका लागि सम्झौतामात्र नभई यसलाई कार्यान्वयनमा लैजान सके देशको सिमेन्ट उद्योगलाई सहयोग पुग्ने बताए।
विभागका सिनियर जियोलोजिष्ट नारायण बाँस्कोटाले सन् २०१३ मा स्वीजरल्याण्डमा सुरु गरिएको उक्त प्रविधिलाई भर्खरै नेपालमा भित्र्याउन लागिएको बताए । उक्त प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्नसके कोइला आयातमा बर्सेनि बाहिरिने ठूलो रकमसमेत बचत हुने देखिन्छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












