१६औँ आवधिक योजनाबारे उपप्रधानमन्त्री खड्का र आयोगका पदाधिकारीबीच छलफल
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले १६औँ आवधिक योजना तर्जुमाका सन्दर्भमा राष्ट्रिय योजनाका पदाधिकारीसँग छलफल गरेका छन् । आज रक्षामन्त्रालयमा भएको छलफलमा योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवलगायतसँग आगामी आवधिक योजना तर्जुमाबारे उपप्रधानमन्त्री खड्काले छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् तिनको समस्या पत्ता लगाइ समाधानका उपायसहित १६औँ योजनाका तर्जुमा गर्न सुझाव दिए । उनले आवधिक योजनामा प्रदेशका समस्या, विकास निर्माणमा प्रदेशपछि पर्नुको कारण पनि पहिल्याउन सुझाव दिए । उनले योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभुति गर्ने र व्यवहारमा लागू हुने गरी बनाउनुपर्नेमा जोड दिए ।
“योजना तर्जुमा गर्दा मुलुकको भूगोल र पर्यावरणलाई ध्यान दिनु जरुरी हुन्छ, कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता हुने विषयलाई प्राथमिकतामा राख्नुहोला”, उनले भने ।
विकास निर्माणका क्रममा देखा परेका समस्या र तिनको समाधानसहितको कार्ययोजना तर्जुमा आवश्यक रहेको उनको भनाइ थियो । लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानको समस्या सम्बोधन हुने गरी योजना बनाउनुपर्नेमा उनको जोड थियो ।
“कुनै पनि योजना बनाउँदा जनताले दैनिक रुपमा बेहोरिरहेका समस्या समाधान हुने र जनताले पाउने सेवाप्रवाह थप सहज हुने गरी बनाउनुपर्छ”, उनले भने, “साथै योजना कार्यान्वयन योग्य पनि हुनुपर्छ ।”
उपप्रधानमन्त्री खड्कासँगको छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य डा.अनिता शाह ढुङ्गाना, सदस्यसचिव डा. तोयानारायण ज्ञवाली, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव ज्ञानेन्द्र पौडेलगायतको सहभागिता थियो ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












