सीको भ्रमणले नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो: उपमन्त्री हायान
काठमाडाैँ । नेपाली भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छिन् ।
आइतबार होटल सोल्टीमा आयोजित नेपालका राजनीतिक दलका नेताहरूसँगको छलफलमा उपमन्त्री हायानले नेपाल-चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन राष्ट्रपति सीको भ्रमणले काम गरेको बताएकी हुन् । ‘राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो,’ उनले भनिन्, ‘मेरो भ्रमण पनि सम्बन्धलाई अझै उचाइमा पुर्याउन हो । दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्छ ।’
उनले नेपालका लागि चिनियाँ राजदूतले मिहिनेत गरेर जनतासँगको सम्बन्धलाई अगाडि बढाइरहेको पनि बताइन् । ‘नयाँ परिस्थितिमा नेपाल र चीनबीच कस्तो सम्बन्ध कस्तो हुनुपर्छ ? अनि कसरी अगाडि बढ्नुपर्छ ? मेरो भ्रमणको उद्देश्य यी दुई विषयमा हुन्,’ उनले भनिन् ।
उपमन्त्री हायानले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता आतुर रहे पनि लगानीका लागि नीतिगत समस्या रहेको बताइन् । ‘नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताले चाहिरहेका छन् । तर, लगानीका लागि नीतिगत समस्या रहेछ,’ उनले भनिन्, ‘मैले हिजो मात्रै नेपालमा रहेका चिनियाँ लगानीकर्तासँग कुरा गरेकी थिएँ । नेपालका परियोजनाहरू कोभिडका कारण मात्र होइन, विभिन्न कारणले ढिला हुने गरेका रहेछन् ।’
उनले एकता, विश्वास र पारस्परिक सम्बन्ध कायम राख्न सक्नुपर्ने बताइन् । उपमन्त्री हायानले कठिनाइमा दुवै देशले मिलेर काम गर्नुपर्ने बताइन् । कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्याल, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रका नेता राम कार्की, रास्वपाका सांसद शिशिर खनाललगायत नेताहरू सहभागी छन् ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












