रुकुम पश्चिममा प्रहरीमाथि आक्रमण, दुई प्रहरी घाइते
काठमाडाैँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ३ मा गएराति स्थानीय युवाको समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का स्थानीय युवाको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
आइतबार साँझ बाँफिकोट–३ स्यार्पुमा स्थानीयबीच विवाद भएको थियो। उक्त विवादको विषयमा बुझ्न गएको बेला शाही र खड्कालाई स्थानीयले उल्टै आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी धर्मेन्द्र खड्काले जानकारी दिए। प्रहरीद्वयको ढाड र टाउकोमा चोट लागेको छ।
बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द बिक, वडा नम्बर –४ का २२ वर्षीय लक्ष्मण बिक, २० वर्षीय सञ्जु खड्का लगायत एक दर्जनको समूहले कुटपिट गरेपछि विवाद सुरु भएको थियो।
कुटपिटको सूचना पाएपछि घटनास्थलमा पुगेका प्रहरीद्वयले झगडियाहरुलाई सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरी माथि नै आक्रमण भएको खड्काले बताए। घाइते प्रहरीलाई गएराति नै जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार गरी थप उपचारको लागि नेपालगञ्ज लगिएको छ। प्रहरीलाई आक्रमण गर्ने युवा फरार छन्। उनीहरुको खोजी भइरहेको खड्काले जानकारी दिए।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












