रहस्यमयी पक्षी लाटोकोसेरो : फनक्कै घुम्ने टाउको, डरलाग्दो आवाज
लाटोकोसेरो तथा हुचिल राति डरलाग्ने खालको आवाज निकाल्ने चरा हुन्। लाटोकोसेरोको आवाज सुनेर कतिपय तर्सिन्छन् पनि। सुनसान रातमा सक्रिय हुने र डरलाग्दो खालको आवाज निकाल्ने भएकोले पनि यसलाई भूतसँग जोडेर हेर्छन्।
समुद्र सतहका तल्ला तटीय क्षेत्रदेखि हिमाली भूभागसम्म विभिन्न प्रजातिमा पाइने लाटोकोसेरोका विभिन्न प्रकारका आनीबानी आफैँमा अनौठा हुन्छन्। संसारभर हालसम्म करिब २२५ प्रजातिका लाटोकोसेरो तथा हुचिल पाइएको तथ्यांक छ। जसमध्येका २३ प्रजाति नेपालमा पाइएका छन् भने यसमध्येको एक प्रजाति लोप भइसकेको अनुमान गरिएको छ। नेपालमा तराईदेखि हिमालसम्म पाइने गरेका छन्।
साना प्रजातिलाई लाटोकोसेरो र ठूलालाई हुचिल, भुद्रुङ, हाप्सिलो लगायतका नामले चिन्ने गरिन्छ।
लाटोकोसेरोका रमाइला तथ्य
यिनीहरूको आँखा र कान निकै शक्तिशाली क्षमताका हुन्छन्। कतिपयले अलौकिक शक्ति भएको प्राणीका रूपमा पनि लिने गर्छन्। शिकार गर्नुपर्ने भएकोले पन्जा र चुच्चो निकै बलियो हुन्छ। ठूला आकारका प्रजातिहरूमा कानजुरा पनि देखिन्छन् जसले टाउकोमा सिङ भएको जस्तो देखाउँछ। यसका दुवै आँखाहरू मान्छेको जस्तै अगाडि फर्किएका हुन्छन्। अरू चराहरूको भने दायाँ र बायाँतर्फ हुन्छन्। यिनीहरूले टाउको एकै दिशामा मात्रै २७० डिग्रीसम्म घुमाउन सक्छन्। जबकि मानिसले ९० डिग्रीसम्म मात्रै घुमाउन सक्ने ‘प्रकृतिका साथीहरू’ नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्य बताउँछन्।
कम प्रकाशमा पनि राम्रोसँग देख्न सक्ने क्षमता लाटोकोसेरोमा हुन्छ। तर देखेका वस्तुहरूको रङ छुट्टाउन कठिन हुन्छ। शरीरको करिब पाँच प्रतिशत भाग आँखाले ओगटेको हुन्छ। मानिसले सूर्यलाई हेरेर भुईँमा हेर्दा कालो निलो देखेजस्तै यिनीहरूलाई दिउँसोमा त्यस्तै हुने भएकाले राती, बिहान र बेलुकाको समयमा मात्र यिनीहरू शिकारका लागि सक्रिय हुने गरेका छन्।
आँखामा तीन वटा परेला हुन्छन्। आँखामा फोहोर नपरोस् भनेर माथिल्लो परेला झिम्क्याइरहन्छ। सुन्ने क्षमता मानिसहरूको भन्दा १० गुणा बढी हुन्छ। यसले कुन कानमा आवाज छिटो आएको हो भनेर थाहा पाउँछ, जबकि मानिसले एउटा आवाजलाई दुवै कानले बराबर सुनेको हुन्छ। दुई कानमध्ये कुन कानले पहिले आवाज सुन्ने भन्नका लागि नै लाटोकोसेरोले टाउको हल्लाइरहने खोजकर्ता आचार्यले बताए।
यिनीहरूको सुन्ने क्षमता तीव्र भएकाले पात, हिउँ, झारपातमुनि हिँडिरहेको आफ्ना आहाराको दूरी र दिशा सजिलै पत्ता लगाएर आक्रमण गर्ने गरेको खोजबाट पत्ता लागेको उनको भनाई छ। आहार साना–साना भएमा एकै पटकमा निल्ने र निल्न नसक्ने भएमा टुक्रा पारेर निल्ने यसको बानी हुन्छ। यिनका पञ्जाले आहारालाई समाउने मात्र नभई एकै पटक छेड्ने र काट्ने हुन्छ।
आहारा निलेपछि आवश्यक तत्त्वहरू पाचन प्रक्रियामार्फत शरीरमा जाने र नपच्ने खालका रौँ, हड्डी र दाँतहरूलाई आमाशयमा नै डल्लो पारेर मुखबाट बाहिर फ्याँक्ने यसको अर्को फरक विशेषता हो।
हिउँद सकिन नपाउँदै प्रजनन सुरु हुन्छ। भालेले पोथीलाई फकाउन खाना खोजिदिने, कराउने र विशेष किसिमको उडान प्रदर्शन गर्ने गरेको पाइएको छ। प्रजननका लागि तयार भएको कुरा पखेटा फिँजाएर थाहा दिने तथा बसाइसराइ गर्ने लाटोकोसेरोले एक सिजनमा एक जोडी बाँध्ने गरेको भए पनि हिमाली भेगतिर पाइने कैलो पहाडी लाटोकोसेरोले जीवनभर एउटैसँग प्रेम गर्ने आचार्यले जानकारी दिए।
लाटोकोसेरो तथा हुचिलले आफ्नै गुँड नबनाई अरूको गुँड, रुख र चट्टानका प्वाल प्रयोग गर्दछन्। गुँड बनाउने र प्रजननको बेलामा यिनीहरू आक्रामक हुन्छन्। मानिसलाई समेत आक्रमण गरेका उदाहरण छन्।
कृषकको साथी
यसले कृषक वा मानिसका लागि कुनै पनि बिगार नगर्ने भए पनि भूतको रूपमा हेरेर यो चरालाई मार्ने तथा लखेट्ने गरेको पाइएको छ। तर यसको महत्त्वबारेमा थाहा नपाएकै कारण कृषकले लाटोकोसेरोमैत्री वातावरण तयार गर्न ध्यान नदिएको पाइएको छ।
लाटोकोसेरोले मुसा, सर्प, भ्यागुता, खरायो, फट्याङ्ग्रा, छुचुन्द्रो, गँगटा, गँड्यौला, माछा, माउसुली, छेपारो, साना चरा, चमेरा, माकुरा, शंखेकिरा, लोखर्के, फ्याउरो, मलसाँप्रो, खरायो, बिरालो, न्याउरी मुसो लगायतको सिकार गर्छ। मुसो, खरायो लगायतका जीवले अन्नबाली नै सखाप पार्ने गरेका छन्। खेतमै रहेको बाली समेत मुसाले खाएर जग्गा नै बाँझो छाडिएका उदाहरण पनि छन्।
वास्तविकता के छ भने गोठे लाटोकोसेरोको एउटा परिवारले अण्डा पारेर चल्लालाई उड्ने बनाउने बेलासम्मको करिब चार महिनाको अवधिमा झण्डै तीन हजारसम्म मुसा खाने गरेको भेटिएको छ। यो भनेको कृषकहरूको लागि ठुलो राहत हो। नेपालकै पनि विभिन्न ठाउँमा लाटोकोसेरो मारेर खेतमा झुन्ड्याउने गरेको पनि पाइन्छ। लाटोकोसेरोको प्वाँख मात्रै देखे पनि त्यो ठाउँमा मुसा नजाने दाबी हुने गरेका छन्।
तर यसको महत्त्व बुझेका कतिपय ठाउँहरूमा भने खेतमा नै बाँसका अग्ला घाराहरू गाडेर सकेसम्म राति खेतमा बास बसाउने प्रयास भइरहेका छन्। सत्ययुगदेखि हुचिल धनकी देवी लक्ष्मीसँग जोडिए पनि पछिल्ला वर्षमा आएर यिनलाई लाटो र अशुभको संज्ञा दिने गरेका छन्।
अवैध व्यापार
तथ्य अनुसार लामकाने लाटोकोसेरो सबैभन्दा बढी २७ वर्ष बाँचेको र सबैभन्दा कम चित्री लाटोकोसेरो चार वर्ष बाँचेको पाइएको निर्देशक आचार्यले बताए। तर विभिन्न प्रयोजनमा उपयोगी मानेर पछिल्लो समयमा यसको अवैध कारोबार हुँदा आयु पूरा नहुँदै मार्ने तथा छोप्ने गरेको पाइएको छ।
वन क्षेत्रमा हुने डढेलो तथा लाटोकोसेरोको मासुले औषधिको काम गर्ने, यसको आँखा खाँदा मानिसको आँखा पनि तेजिलो हुने, यसको हड्डीको माला लगाउँदा मसानले नछल्ने, यसलाई राखेर झारफुक गर्दा निको हुने लगायतका कारण यसलाई मार्ने छोप्ने लगायतका कामहरू हुने गरेका छन्।
दुनियाँको नजरमा लाटोकोसेरो
लाटोकोसेरोलाई विभिन्न देश तथा ती देशका भूगोलहरूमा विभिन्न किंवदन्तीसहित व्याख्या गर्ने गरिएको छ। कतिपय देश तथा क्षेत्रमा यसलाई शुभ त कतिपय देशमा अशुभ सङ्केतका रूपमा लिने गरिएको छ।
फ्रान्सको ब्रिटानी भन्ने स्थानमा खेती थन्क्याउने बेलामा लाटोकोसेरो देखिएमा अन्न उत्पादन बढ्छ भन्ने गरिएको खोजकर्ता आचार्य बताउँछन्। इन्डोनेसियामा भने लाटोकोसेरोको संकेत हरेर यात्राको साइत शुरु गरिन्छ भन्ने छ। पश्चिम अफ्रिकामा भूतको खबर बोक्ने चराको रूपमा चिनिएको यसलाई पेरुमा राम्रो औषधिको रूपमा लिइन्छ। हुचिलको दाहिने आँखा सुतिरहेकी महिलाको हातमा राख्यो भने ती महिलाले सबै कुरा सत्य मात्रै बोल्छिन् भन्ने विश्वास अल्जेरियामा रहेको छ।
रोम सभ्यतामा बोक्सीहरूले आफूहरूलाई लाटोकोसेरोमा परिवर्तन गर्थे र साना नानीहरू सुतेको ठाउँमा पुगेर रगत चुस्थे भन्ने विश्वासका साथ लामो समयसम्म रक्त पिपासुको रूपमा लिइएको पाइएको छ। करिब १८ सय वर्षअघि ओइस्ट धर्ममा लाटोकोसेरोको दिन जुन २० देखि २२ मा जन्मिएका बच्चाहरू आक्रामक हुने र उनीहरूले आफ्नै आमालाई पनि मार्न सक्ने विश्वास गरिन्थ्यो भन्ने पाइएको पनि आचार्यले बताए।
जापानमा भने कुनै घरमा अनिकाल वा हैजा लागेमा लाटोकोसेरो अङ्कित सामग्रीहरू घरको चारै कुनामा राख्ने प्रचलन रहेको छ। बेलायतको वेल्समा अझै पनि घर नजिकै लाटोकोसेरो करायो भने त्यो घरकी महिलाले कुमारीत्व गुमाएको मान्ने गरिएको छ। फ्रान्समा गर्भधारण गरेकी महिलाले लाटोकोसेरो कराएको सुनेमा छेरी जन्माउँछिन् भन्ने मान्यता रहेको पाइएको बताइन्छ।
लाटोकोसेरोले पहिले निकै राम्रो गीत गाउने गरेको भए पनि जिसस क्राइस्ट मारिएपछि रिसाएर गाउन नै छाडेको विश्वास स्पेनमा गर्ने गरेका छन्।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











