काठमाडौं विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको आयोजनामा वसन्त चाड मनाइयो
ललितपुर । काठमाडौं विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटले वसन्त चाड मनाएको छ । ललितपुर जिल्लाको गोदावरी भिलेज रिर्सोटमा शिक्षक,विद्यार्थी तथा सरोकारवालाको उपस्थितिमा विहीबार वसन्त चाड मनाएको हो ।
औपचारिक कार्यक्रमको सूरुवातमा काठमाडौँ विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रोफेसर डा. ली शुआङचेङ (सीआईकेयू चिनिया निर्देशक) ले स्वागत भाषण गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजमा पढ्ने विद्यार्थीहरुले आफ्नो प्रतिभा गायन, नृत्य तथा कला प्रस्तुत गरेका थिए ।
कार्यक्रमको पहिलो चरणमा विद्यार्थीहरुले चाइनिज मार्सल आर्ट्स शाओलिन कुङ फु, आइ लभ एन्ड एफेक्शन डान्स प्रस्तुत गरे । यसैगरी लन्चपछिको सत्रमा विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए । अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले ट्याग अफ वार, चपस्टिक युजिङ प्रतियोगिता, वाटर कलेक्सन, क्रस रिभर विथ द व्रिक्स, टेबुल टेनिस विथ नो बल, जियानाजी प्रतियोगिता, बिल्ड विल्डिङ, स्किपिङ, क्याटरपिल्लर वाक प्रस्तुत गरेका थिए ।
वसन्त चाडले नवीकरण, आशा र समृद्ध समाचार वर्षको सुरुवातको समयलाई संकेत गर्ने कन्फुसियस इन्स्टिच्युटका निर्देशक प्रोफेसर डा. ली शुआङचेङले जानकारी दिनु भयो । साथी र परिवारसँग विशेष अवसर वसन्त चाड साझेदारी गर्दा मौसमको न्यानोपन र आनन्द थपिन्छ। यस वसन्त महोत्सवमा परम्परागत वसन्त सजावट, सांस्कृतिक प्रदर्शन र विभिन्न प्रकारका गतिविधिहरू समावेश हुन्छन्। सन् २०१६ देखि काठमाडौं युनिभर्सिटी केयूमा चिनिया भाषाको पठनपाठन भरहेको छ ।

Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












