चीनद्वारा ६२ करोड बराबरको सुरक्षा सामग्री हस्तान्तरण
काठमाडौँ । चीन सरकारले सीमा क्षेत्रको सवारी साधन र लगेज जाँचका लागि आवश्यक स्क्यानर मेसिनसहित चिनियाँ तीन करोड २८ लाख अर्थात् नेपाली रुपैयाँ ६२ करोड भन्दा बढी मुल्य बराबरको सुरक्षा सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
तातोपानी भन्सार हातमा आयोजित कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक काउन्सुलर सि यू तिब्बतको नेलाम जिल्लास्थित अध्यागमन विभागका प्रमुखसहितका चिनियाँ अधिकारीहरुले भन्सार विभागका उपमहानिर्देशक रमेश अर्याललाई सामाग्री हस्तान्तरण गरे ।
चीनको आर्थिक सहयोगमा तातोपानीको लार्चा सुख्खा बन्दरगाहमा राख्नेगरी उक्त सामाग्री हस्तान्तरण भएको हो । बन्दरगाहको आधुनिक भवन तथा भन्सार यार्ड २०७६ सालमा नेपाललाई हस्तान्तरण गरिएको थियो । तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेका अनुसार उपलब्ध स्क्यानर मेसिनले मालबहाक कन्टेनर, साना सवारी साधन र व्यक्तिको लगेज जाँच गर्न प्रयोग गरिनेछ ।
सवारी साधन स्क्यान गर्ने मेसिन गुडाएर अन्यत्र लैजान सकिने प्रकृतिको रहेको छ । लगेज जाँच गर्ने मेसिन पनि आधुनिक मोडलको रहेको छ । उक्त मेसिनले सीमाबाट आउजाउ गर्ने सवारी साधन र व्यक्तिगत लगेज जाँचमा सहयोग पुग्ने काफ्लेले जानकारी दिए ।
तातोपानी नाकाबाट सुन भित्रने गरेको छ । साथै विगतमा लागूऔषध खासातर्फ गएका घटना भएका छन् । त्यसको नियन्त्रणमा पनि मेसिन सहयोगी हुन सक्ने भन्सार अधिकारीहरुको भनाइ रहेको छ । उक्त मेसिन सञ्चालन गर्न नेपाली भन्सारका कर्मचारीलाई चिनियाँ प्राविधिकले प्रशिक्षण दिनेछन् । मितेरी पुल पारी चिनियाँ भूभागको प्रवेशद्धारमा जडान गरेको स्क्यानर जस्तै मेसिन नेपालको भन्सारलाई उपलब्ध गराइएको हो ।
चीनले नेपालसँग भएका हरेक बैठकमा सीमा सुरक्षा र अवैध बस्तुको ओसारपसारको विषय प्राथमिकताकासाथ उठाउने गरेको छ । भन्सार अधिकृत तथा सूचना अधिकारी काफ्लेका अनुसार बन्दरगाहमा राख्न रेफ्रजेनेटर, फर्निचर, टेलिभिजन, कम्प्यूटर, बेडलगायतका कार्यालय तथा व्यक्तिगत रुपमा प्रयोग हुने सामाग्री पनि उपलब्ध गराएको छ ।
आफैंले बनाएको सुख्खा बन्दरगाहलाई आधुनिकीकरण गर्ने योजना अनुरुप उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कोभिड र बाढीपहिरोका कारण सामान उपलब्ध गराउन ढिलाई भएको चिनियाँ अधिकारीहरुलाई उद्दृत गर्दै प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












