चीनद्वारा ६२ करोड बराबरको सुरक्षा सामग्री हस्तान्तरण
काठमाडौँ । चीन सरकारले सीमा क्षेत्रको सवारी साधन र लगेज जाँचका लागि आवश्यक स्क्यानर मेसिनसहित चिनियाँ तीन करोड २८ लाख अर्थात् नेपाली रुपैयाँ ६२ करोड भन्दा बढी मुल्य बराबरको सुरक्षा सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
तातोपानी भन्सार हातमा आयोजित कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक काउन्सुलर सि यू तिब्बतको नेलाम जिल्लास्थित अध्यागमन विभागका प्रमुखसहितका चिनियाँ अधिकारीहरुले भन्सार विभागका उपमहानिर्देशक रमेश अर्याललाई सामाग्री हस्तान्तरण गरे ।
चीनको आर्थिक सहयोगमा तातोपानीको लार्चा सुख्खा बन्दरगाहमा राख्नेगरी उक्त सामाग्री हस्तान्तरण भएको हो । बन्दरगाहको आधुनिक भवन तथा भन्सार यार्ड २०७६ सालमा नेपाललाई हस्तान्तरण गरिएको थियो । तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेका अनुसार उपलब्ध स्क्यानर मेसिनले मालबहाक कन्टेनर, साना सवारी साधन र व्यक्तिको लगेज जाँच गर्न प्रयोग गरिनेछ ।
सवारी साधन स्क्यान गर्ने मेसिन गुडाएर अन्यत्र लैजान सकिने प्रकृतिको रहेको छ । लगेज जाँच गर्ने मेसिन पनि आधुनिक मोडलको रहेको छ । उक्त मेसिनले सीमाबाट आउजाउ गर्ने सवारी साधन र व्यक्तिगत लगेज जाँचमा सहयोग पुग्ने काफ्लेले जानकारी दिए ।
तातोपानी नाकाबाट सुन भित्रने गरेको छ । साथै विगतमा लागूऔषध खासातर्फ गएका घटना भएका छन् । त्यसको नियन्त्रणमा पनि मेसिन सहयोगी हुन सक्ने भन्सार अधिकारीहरुको भनाइ रहेको छ । उक्त मेसिन सञ्चालन गर्न नेपाली भन्सारका कर्मचारीलाई चिनियाँ प्राविधिकले प्रशिक्षण दिनेछन् । मितेरी पुल पारी चिनियाँ भूभागको प्रवेशद्धारमा जडान गरेको स्क्यानर जस्तै मेसिन नेपालको भन्सारलाई उपलब्ध गराइएको हो ।
चीनले नेपालसँग भएका हरेक बैठकमा सीमा सुरक्षा र अवैध बस्तुको ओसारपसारको विषय प्राथमिकताकासाथ उठाउने गरेको छ । भन्सार अधिकृत तथा सूचना अधिकारी काफ्लेका अनुसार बन्दरगाहमा राख्न रेफ्रजेनेटर, फर्निचर, टेलिभिजन, कम्प्यूटर, बेडलगायतका कार्यालय तथा व्यक्तिगत रुपमा प्रयोग हुने सामाग्री पनि उपलब्ध गराएको छ ।
आफैंले बनाएको सुख्खा बन्दरगाहलाई आधुनिकीकरण गर्ने योजना अनुरुप उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कोभिड र बाढीपहिरोका कारण सामान उपलब्ध गराउन ढिलाई भएको चिनियाँ अधिकारीहरुलाई उद्दृत गर्दै प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












