राजनीतिक नेतृत्वले पत्रकारिता क्षेत्रलाई समस्यामा पर्दा साथ दिएन : काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक नेतृत्वले आफ्नो स्वार्थ अनुकूल पत्रकारितालाई प्रयोग मात्र गरेको तर पत्रकारिता क्षेत्र समस्यामा पर्दा साथ नदिएको बताउनुभएको छ।
सोमबार प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले अहिले साँच्चै पत्रकारिता जगत समस्यामा परेको बताउनु भयो । राजनीतिक नेतृत्वले पत्रकारितालाई आफू अनुकूल प्रयोग गर्दै आएर यो क्षेत्रको विकास र सम्बर्धनमा भने बेवास्ता गरेको बस्नेतको निश्कर्ष छ ।
‘नेपाली पत्रकारिता साँच्चै अप्ठ्यारोमा छ । राजनीतिक नेतृत्वले सजिलैसँग हामी यो क्षेत्रको विकास र संबर्धनको लागि लाग्छौं भनेको सुनिन्छ । सधैंभरी प्रयोगमात्रै गर्ने, आफूलाई अप्ठेरो र संकटमा परेको बेलामा साथ लिन खोज्ने, तर पत्रकारिता अप्ठेरोमा परेको बेला केही गर्न नसक्ने ठिक्क पर्यो भने जस्तै जस्तै भन्ने प्रवृति देखिएको छ । यसमा हामी गम्भीर हुनुपर्छ,’ काउन्सिलका अध्यक्ष बस्नेतले भन्नुभयो ।
बस्नेतले पत्रकारिता नजोगिए सरकार र राजनीति समेत नजोगिने जिकीर गर्नुभयो । ‘पत्रकारिता जोगिएमात्रै राजनीति जोगिन्छ सरकार पनि जोगिन्छ,’ उहाँले भन्नुभयो । सरकारले अहिले कानून निर्माणको तहमा कतिपय गम्भीर खालका प्रावधानहरु पत्रकारितालाई समस्या पार्ने गरी ल्याउन लागेको भन्दै उहाँले यस्ता गतिविधि सरकारी तहबाटै हुन लाग्यो भने प्रेस चौतारीलगायतका संगठनहरु सजग बन्नुपर्ने बताउनुभयो ।
नयाँ मिडियाले पत्रकारितालाई चुनौती दिइरहेको बताउनुभएका बस्नेतले यसलाई चुनौतीसँगै अवसरका रुपमा लिएर पत्रकारितालाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि प्रेस काउन्सिलले आवश्यक सहयोग गर्ने आश्वासन पनि उहाँले बताउनुभयो । कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस चौतारीले पुरस्कारका लागि छनोट गरेको पत्रकारको नाम सुन्दा र अनुहार हेर्दा निकै गर्व गर्न लायक भएको भन्दै छनोट समिति र संगठनका नेतृत्वलाई धन्यवादसमेत दिनुभयो । जुन अनुहार पुरस्कृत हुनुभएको छ, यो गर्व गर्न लायक छ, प्रेस चौतारीलेसधै यस्तै योग्य अनुहार छनोट गरोस, बस्नेतले भन्नुभयो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












