आजको राशिफल : २०८० माघ २४ गते बुधवार
मेष: अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा अलमल हुनेछ।
वृष: भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मिथुन: परिस्थिति अलि संघर्षपूर्ण रहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेत परे पनि कर्मफल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ।
कर्कट: निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।
सिंह: समय फुर्सदिलो रहनाले भेटघाटको अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कन्या: दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खर्च लागे पनि प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुला: दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा रकम बाहिरिन सक्छ। उधारो व्यापारले रकम अड्किन सक्छ। किनमेलमा पनि अधिक खर्च हुन सक्छ।
वृश्चिक: आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
धनु : परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय त्यति प्रतिकूल भने छैन। शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ।
मकर: मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। कामको चाप बढ्ने समय छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उधारोमा व्यापार गर्नुपर्ला। आफ्नो सूचना बाहिरिन स्क्छ, सजग रहनुहोला। धेरै फाइदा नभए पनि मिहिनेत गर्दा आंशिक लाभ उठाउन भने सफल भइनेछ।
कुम्भ: केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादास्पद काममा लामो समय अलमल हुन सक्छ। किनमेलमा रकम खर्चनुपर्ला। आतिथ्य खर्चिलो बन्नेछ। र, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ।
मीन: परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ। कामका लागि निकै दौडधुप गर्नुपर्ला। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












