रोकिएन खेलाडी पलायन: आशिष र सेसेहाङ सहित चार खेलाडी अस्ट्रेलिया तर्फ
काठामाडौं । लगातार अस्ट्रेलिया पलायन भइरहेका फुटबलरको अर्को चार जनाको टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।
३ दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भइसक्दा पुन राष्ट्रिय टिमबाट अनुभव बटुलिसकेका चार फुटबलरले पलायनको बाटो रोजेका हुन।
सुनौलो भविष्यको खोजीमा स्टार फुटबलर आशिष चौधरी, सिमान्त थापा, सेसेहाङ आङदेम्बे, र अनिश देउला अस्ट्रेलिया प्रस्थान गरे। एन्फा भित्रको बढ्दो अराजक्ता बिच फुटबलरहरु निरन्तर विदेशीने क्रम बढ्दो रहेको छ। यसअघि गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सिमान्तले जावलाखेल युथ क्लबको कप्तानको जिम्मेवारी निभाएका थिए।
उक्त लिगमा गरेको प्रदर्शनका आधारमा सिमान्तले राष्ट्रिय टोलीमा समेत आफ्नो स्थान बनाए। उनले गत संस्करणको साफमा भारतविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। उनी गत पुसमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा वीरगंज युनाइटेडबाट खेलेका थिए। त्यस्तै गोलरक्षक अनिशले पनि जावलाखेलबाटै शीर्ष डिभिजन खेलेका थिए। बन्द प्रशिक्षणमा परे पनि उनले राष्ट्रिय टोलीमा स्थान बनाउन भने असफल रहेका थिए।
त्यस्तै फिफा विश्वकप तथा एएफसी एसियाकपको संयुक्त प्रारम्भिक छनोटको दोस्रो चरण अन्तर्गत यमनविरुद्धको सुरुवाती रोजाइमा खेलेका आशिष चौधरी र सेसेहाङ आङ्दाङ्बे अहिले पनि राष्ट्रिय टिममा आफ्नो स्थान सुरक्षित गर्न सक्ने खेलाडीका रुपमा रहेका थिए।
विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका सेसेहाङले ६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०२० मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले उमे समूहबाटै नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए। एनएसएलको दोस्रो संस्करणमा ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाउन सेसेहाङको भुमिका महत्वपूर्ण रहेको थियो।
त्यस्तै चर्च ब्वाइज युनाइटेडबाट घरेलु लिग खेल्दै आएका आशिष पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय फुटबलको प्लेइङ ११ मा रहँदै आएका छन्। आशिषले गत वर्ष बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। चर्च ब्वाइजलाई डेब्यु सिजनमै शीर्ष डिभिजन च्याम्पियन बनाउन आशिषले महत्वपूर्ण भूमिका निर्वाह गरे। साथै उनले एनएसएलमा धनगढीको मार्की खेलाडी बन्दै टोलीलाई फाइनल सम्म पुर्याएका थिए।
निरन्तर उत्कृष्ट खेलाडीको पलायनले संकट तर्फ पुगेपनि सरोकारवाला निकायका रुपमा रहेको एन्फाले अहिले सम्म खेलाडी पलायन रोक्ने प्रभावकारी उपस्थिति देखाउन सकेको छैन्।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












