रोकिएन खेलाडी पलायन: आशिष र सेसेहाङ सहित चार खेलाडी अस्ट्रेलिया तर्फ
काठामाडौं । लगातार अस्ट्रेलिया पलायन भइरहेका फुटबलरको अर्को चार जनाको टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।
३ दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भइसक्दा पुन राष्ट्रिय टिमबाट अनुभव बटुलिसकेका चार फुटबलरले पलायनको बाटो रोजेका हुन।
सुनौलो भविष्यको खोजीमा स्टार फुटबलर आशिष चौधरी, सिमान्त थापा, सेसेहाङ आङदेम्बे, र अनिश देउला अस्ट्रेलिया प्रस्थान गरे। एन्फा भित्रको बढ्दो अराजक्ता बिच फुटबलरहरु निरन्तर विदेशीने क्रम बढ्दो रहेको छ। यसअघि गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सिमान्तले जावलाखेल युथ क्लबको कप्तानको जिम्मेवारी निभाएका थिए।
उक्त लिगमा गरेको प्रदर्शनका आधारमा सिमान्तले राष्ट्रिय टोलीमा समेत आफ्नो स्थान बनाए। उनले गत संस्करणको साफमा भारतविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। उनी गत पुसमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा वीरगंज युनाइटेडबाट खेलेका थिए। त्यस्तै गोलरक्षक अनिशले पनि जावलाखेलबाटै शीर्ष डिभिजन खेलेका थिए। बन्द प्रशिक्षणमा परे पनि उनले राष्ट्रिय टोलीमा स्थान बनाउन भने असफल रहेका थिए।
त्यस्तै फिफा विश्वकप तथा एएफसी एसियाकपको संयुक्त प्रारम्भिक छनोटको दोस्रो चरण अन्तर्गत यमनविरुद्धको सुरुवाती रोजाइमा खेलेका आशिष चौधरी र सेसेहाङ आङ्दाङ्बे अहिले पनि राष्ट्रिय टिममा आफ्नो स्थान सुरक्षित गर्न सक्ने खेलाडीका रुपमा रहेका थिए।
विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका सेसेहाङले ६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०२० मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले उमे समूहबाटै नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए। एनएसएलको दोस्रो संस्करणमा ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाउन सेसेहाङको भुमिका महत्वपूर्ण रहेको थियो।
त्यस्तै चर्च ब्वाइज युनाइटेडबाट घरेलु लिग खेल्दै आएका आशिष पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय फुटबलको प्लेइङ ११ मा रहँदै आएका छन्। आशिषले गत वर्ष बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। चर्च ब्वाइजलाई डेब्यु सिजनमै शीर्ष डिभिजन च्याम्पियन बनाउन आशिषले महत्वपूर्ण भूमिका निर्वाह गरे। साथै उनले एनएसएलमा धनगढीको मार्की खेलाडी बन्दै टोलीलाई फाइनल सम्म पुर्याएका थिए।
निरन्तर उत्कृष्ट खेलाडीको पलायनले संकट तर्फ पुगेपनि सरोकारवाला निकायका रुपमा रहेको एन्फाले अहिले सम्म खेलाडी पलायन रोक्ने प्रभावकारी उपस्थिति देखाउन सकेको छैन्।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












