वसन्त पर्वको सांस्कृतिक प्रस्तुति र मैत्रीपूर्ण फुटबलले गुञ्जियो काठमाडौं
काठमाडाैँ । चिनियाँ परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा शुरु भएको छ ।
दुबै मुलुकबाट २३ वर्षभन्दा मुनिका खेलाडीहरुबीचको प्रतिस्पर्धा दशरथ रंगशालामा भइरहेको छ ।
यसअघि रंगशालामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा जारी कार्यक्रममा नेपाली चिनियाँ कलाकार तथा खेलाडीले आफ्नो कला प्रस्तुत गरेका छन् ।
भव्य सांस्कृतिक समारोहमा खेलाडीहरुले उसु र कराँते खेलको कौशल प्रस्तुत गरेका छन् । नेपाली सांगीतिक ब्याण्ड कुटुम्बको लाइभ प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रमपछिको फुटबल प्रतिस्पर्धामा नेपाली र चिनियाँ दर्शकहरुको बाक्लो उपस्थिति छ ।
कार्यक्रममा कलाकारहरुले ड्रागन, लायन र किरिन नृत्य प्रस्तुत गरेका छन् । आजै बिहान राजधानीको दरबारमार्गमा पनि ती नृत्य देखाइएको थियो । हिजो ठमेलमा वसन्त चाडको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
चिनियाँ पात्रोअनुसार आजदेखि शुरु भएको नयाँ वर्ष ड्रागन वर्ष हो । आजदेखि चिनियाँहरुको दशैं अर्थात वसन्त चाड शुभारम्भ भएको छ भने आजै तामाङ्ग जातिको ल्होसार पर्व पनि हो ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र चिनियाँ राजदूत छन सोङ्गसहित समाजका गण्यमान्य ब्यक्तिहरु,सबै उमेर र तप्काका खेलप्रेमीहरुले समेत कार्यक्रममा भव्य सहभागिता जनाइरहेका छन् ।

Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












