विश्वकप लिग-२: नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टियू क्रिकेट मैदानमा बिहीबार बिहान नामिबियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार शाहलाई मौका दिएको छ । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका शाह प्लेइङ-११ मा परेका छन् । आजको खेलमा देव खनाल भने बेन्चमा रहनेछन् ।
हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेपछि उत्साही नेपाली टोलीले लिग–२ को पहिलो खेलमा विजयी शुरूआत गर्ने लक्ष्यमा छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले लिग–२ मा सुखद् शुरूवात गर्ने लक्ष्य रहेको बताएका छन् ।
लिग–२ को पहिलो शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । क्यानले घोषणा गरेको टोलीमा यू–१९ टोलीका कप्तान देव खनाल र अनिलकुमार शाहलाई पनि समेटिएको छ । हालै सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि अनिल र देवलाई पनि लिग–२ टोलीमा स्थान दिइएको हो ।
यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन् ।
नेपाल र नामिबियाबीच भएका पछिल्ला पाँच खेलमा समान दुई खेलमा जीत र हार व्यहोरेका छन् । एक वर्षअघि भएका दुई खेलमै नेपाल विजयी भएको थियो । त्रिवि क्रिकेट मैदानमा गत वर्ष १४ फेब्रुअरीमा भएको खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराएको थियो । जसमा कुशल भुर्तेलले सानदार शतक प्रहार गरेका थिए ।
त्यसको चार दिनपछि भएको खेलमा पनि नेपाल तीन विकेटले विजयी भएको थियो । त्यसअघि सन् २०२२ मा भएका तीन खेलमध्ये दुईमा नामिबिया विजयी भएको थियो भने एक खेल नतिजाविहीन बनेको थियो ।
२०२७ मा हुने क्रिकेट विश्वकपमा छनोटको प्रक्रियाअन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो । लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुनेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै, ७ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ ।
नेपाली टिम :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, करण केसी, ललित राजवंशी, अनिल साह र गुल्सन झा।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












