चिनियाँ नयाँ वर्षको अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन
काठमाडाैँ । चिनियाँ नयाँ वर्षको अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति र नेपालस्थित चिनियाँ राजदूत छन सोङले बुधबार लायकु भक्तपुरमा प्रदर्शनको समापन गरे ।
कार्यक्रममा प्रमुख प्रजापतिले चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी जिनपिङ र सम्पूर्ण चिनियाँ जनतामा बधाई तथा शुभकामना व्यक्त गरे । उनले नेपाल–चीनबीचको मित्रता र सांस्कृतिक सम्बन्ध युगौँ पुरानो भएको बताए ।
उनले भने, ‘१३औँ शताब्दीमा नेपालका वास्तुकलाविद् अरनिको चीन गएर निर्माण भएको श्वेत चैत्य नेपाल–चीनबीचको सयौँ वर्षअघिदेखिको मित्रता र सांस्कृतिक सम्बन्धको बलियो प्रमाण हो ।’
उनले चीनको सछुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुई, पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाका पार्टी समितिका सचिव युआन चियाच्युन, सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका कम्युनिस्ट पार्टीका सचिव वाङ च्युङचङले भक्तपुरको अवलोकन भ्रमण गरेको स्मरण पनि गरे ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












