संस्कृति पुस्तान्तरण गर्न सांस्कृतिक महोत्सव आयोजना हुँदै
काठमाडौं । आदिवासी याक्थुङ–लिम्बू समुदायको सांस्कृतिकसहित विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गराउने उद्देश्यले इलाम सदरमुकाममा आदिवासी याक्थुङरलिम्बू सांस्कृतिक महोत्सव हुने भएको छ ।
किरात याक्थुङ चुम्लुङको आयोजनामा यही फागुन २४ र २५ गते हुने महोत्सवका लागि चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी तयारी सुरु गरिएको छ ।
वर्तमान युवापुस्ता आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृति प्रवर्द्धनका निम्ति महोत्सव गर्न लागिएको मूल आयोजक समितिकी संयोजक सोङ्मीले बताए । “भाषा, संस्कृति र साहित्यले सम्पन्न आदिवासी याक्थुङ–लिम्बु समुदायको परम्परागत र मौलिक संस्कृतिको संरक्षण गर्दै युवा पुस्तामा पुस्तान्तरण गर्न महोत्सव आयोजना गर्न लागिएको हो”, उनले भने, “महोत्सवमा आदिवासी याक्थुङरलिम्बू समुदायको संस्कृति झल्कने प्रस्तुतिहरु रहेनछन् ।”
महोत्सवमा सांस्कृतिक झाँकीसहित याक्थुङ–लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ), पालाम, हाक्पारेलगायत प्रस्तुतिसहित सांस्कृतिक पोसाकको प्रदर्शनी पनि रहने संयोजक सोङ्मीले जानकारी दिए । उनका अनुसार इलाम बजारमा हुने महोत्सवमा याक्थुङ÷लिम्बू जातिको बाहुल्य रहेको अरुण पूर्वका नौ जिल्ला, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ ।
महोत्सवमा दुई सय च्याब्रुङको प्रदर्शनी रहने महोत्सव प्रचारप्रसार उपसमितिका सहसंयोजक अतित योङहाङले बताए । च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरु बताउँछन् । च्याब्रङ नाच विभिन्न जनावर र पशुपन्छीको अभिनय गर्दै नाच्ने गरिन्छ । यो नाचमा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ ।
याक्थुङ–लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाचलाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरुले प्रयास गर्दै आएका छन् । यसको संरक्षण र प्रवर्द्धनका लागि राज्यले लगानी गरी तदारुकता देखाउनुपर्ने उनीहरुको माग छ ।
पश्चिमा संस्कृतिले आदिवासी जनजातिका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना हुँदै गएपछि लिम्बू समुदायका युवायुवातीहरु संस्कृति संरक्षणमा जागरुक बन्न थालेको लिम्बू किरात याक्थुङ चुम्लुङका सङ्घीय सचिव चक्र येक्तेन अभिषेकले बताए । राज्यले लगानी नगर्दा समुदाय स्तरको प्रयासले मात्र ठोस उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












