संस्कृति पुस्तान्तरण गर्न सांस्कृतिक महोत्सव आयोजना हुँदै
काठमाडौं । आदिवासी याक्थुङ–लिम्बू समुदायको सांस्कृतिकसहित विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गराउने उद्देश्यले इलाम सदरमुकाममा आदिवासी याक्थुङरलिम्बू सांस्कृतिक महोत्सव हुने भएको छ ।
किरात याक्थुङ चुम्लुङको आयोजनामा यही फागुन २४ र २५ गते हुने महोत्सवका लागि चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी तयारी सुरु गरिएको छ ।
वर्तमान युवापुस्ता आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृति प्रवर्द्धनका निम्ति महोत्सव गर्न लागिएको मूल आयोजक समितिकी संयोजक सोङ्मीले बताए । “भाषा, संस्कृति र साहित्यले सम्पन्न आदिवासी याक्थुङ–लिम्बु समुदायको परम्परागत र मौलिक संस्कृतिको संरक्षण गर्दै युवा पुस्तामा पुस्तान्तरण गर्न महोत्सव आयोजना गर्न लागिएको हो”, उनले भने, “महोत्सवमा आदिवासी याक्थुङरलिम्बू समुदायको संस्कृति झल्कने प्रस्तुतिहरु रहेनछन् ।”
महोत्सवमा सांस्कृतिक झाँकीसहित याक्थुङ–लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ), पालाम, हाक्पारेलगायत प्रस्तुतिसहित सांस्कृतिक पोसाकको प्रदर्शनी पनि रहने संयोजक सोङ्मीले जानकारी दिए । उनका अनुसार इलाम बजारमा हुने महोत्सवमा याक्थुङ÷लिम्बू जातिको बाहुल्य रहेको अरुण पूर्वका नौ जिल्ला, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ ।
महोत्सवमा दुई सय च्याब्रुङको प्रदर्शनी रहने महोत्सव प्रचारप्रसार उपसमितिका सहसंयोजक अतित योङहाङले बताए । च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरु बताउँछन् । च्याब्रङ नाच विभिन्न जनावर र पशुपन्छीको अभिनय गर्दै नाच्ने गरिन्छ । यो नाचमा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ ।
याक्थुङ–लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाचलाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरुले प्रयास गर्दै आएका छन् । यसको संरक्षण र प्रवर्द्धनका लागि राज्यले लगानी गरी तदारुकता देखाउनुपर्ने उनीहरुको माग छ ।
पश्चिमा संस्कृतिले आदिवासी जनजातिका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना हुँदै गएपछि लिम्बू समुदायका युवायुवातीहरु संस्कृति संरक्षणमा जागरुक बन्न थालेको लिम्बू किरात याक्थुङ चुम्लुङका सङ्घीय सचिव चक्र येक्तेन अभिषेकले बताए । राज्यले लगानी नगर्दा समुदाय स्तरको प्रयासले मात्र ठोस उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











