पहिलो पटक बुक बिल्डिङमार्फत् सर्वोत्तमको आइपीओ बिक्री खुला
काठमाडौं । पहिलो पटक बुक बिल्डिङमार्फत् मूल्य निर्धारण भएको सर्वोत्तम सिमेन्टको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला भएको छ।
यसअघि संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि आइपीओ खुलेर बाँडफाँट भइसकेपछि कम्पनीले आज फागुन १३ गते(आइतबार)देखि सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको छ। बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मूल्यमा सर्वसाधारणका आइपीओ बिक्रीमा ल्याइएको कम्पनीले जनाएको छ।
यस कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। साथै, उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
कस्तो छ कम्पनीको वित्तीय अवस्था?
रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तम सिमेन्टको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। इक्रा नेपालले २०८० असार ६ गते यो रेटिङ दिएको हो।
यो रेटिङ २०८१ असार ६ गतेसम्म बाहल रहनेछ। सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गर्न लागेको हो। यसले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो। बुक बिल्डिङमार्फत सर्वसाधारणले न्यूनतम पनि ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ।
यसमा न्यूनतम ५० कित्ता बाडँफाट गर्दा जम्मा ५५ हजार ५ सय २१ जनाले मात्रै आइपीओ हात पार्न सक्छन्। यस आधारमा हेर्ने हो भने यो आइपीओमा पनि ५० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ। यद्दपि, बुक विल्डिङ नयाँ अभ्यास भएको र न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने भएकाले सर्वसाधारणको आकर्षण कस्तो रहन्छ हेर्न बाँकी देखिन्छ। त्यतिमात्र होइन, कम्तिमा ५० कित्ता आवेदन गर्ने पर्ने र भाउ पनि प्रतिकित्ता ३६०.९० रुपैयाँ पर्ने भएकाले सर्वसाधारणका लागि यो आइपीओ भर्न महङ्गो पर्न जान्छ। एक जनाले ५० कित्ता आवेदन दिनका लागि १८ हजार ४५ रुपैयाँ छुट्याउनुपर्ने हुन्छ।
कम्पनी सम्बन्धी विवरण सर्वोत्तम सिमेन्ट लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको कम्पनी हो। यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३२ तीनकुने सुविधानगरमा रहेको छ।
यस कम्पनी २०६७ असोज २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो। पछि २०७६ साल साउन २९ गते पब्लिक लिमिटेडमा परिणात भएको हो। सिमेन्ट उत्पादन गर्ने मुख्य उद्देश्यसहित ठूला उद्योगको रुपमा यस कम्पनीले २०६८ मंसिर २८ गते उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो ।यस कम्पनीको कारोबार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड तीनकुने काठमाडौंमा रहेको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












