पहिलो पटक बुक बिल्डिङमार्फत् सर्वोत्तमको आइपीओ बिक्री खुला
काठमाडौं । पहिलो पटक बुक बिल्डिङमार्फत् मूल्य निर्धारण भएको सर्वोत्तम सिमेन्टको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला भएको छ।
यसअघि संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि आइपीओ खुलेर बाँडफाँट भइसकेपछि कम्पनीले आज फागुन १३ गते(आइतबार)देखि सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको छ। बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मूल्यमा सर्वसाधारणका आइपीओ बिक्रीमा ल्याइएको कम्पनीले जनाएको छ।
यस कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। साथै, उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
कस्तो छ कम्पनीको वित्तीय अवस्था?
रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तम सिमेन्टको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। इक्रा नेपालले २०८० असार ६ गते यो रेटिङ दिएको हो।
यो रेटिङ २०८१ असार ६ गतेसम्म बाहल रहनेछ। सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गर्न लागेको हो। यसले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो। बुक बिल्डिङमार्फत सर्वसाधारणले न्यूनतम पनि ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ।
यसमा न्यूनतम ५० कित्ता बाडँफाट गर्दा जम्मा ५५ हजार ५ सय २१ जनाले मात्रै आइपीओ हात पार्न सक्छन्। यस आधारमा हेर्ने हो भने यो आइपीओमा पनि ५० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ। यद्दपि, बुक विल्डिङ नयाँ अभ्यास भएको र न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने भएकाले सर्वसाधारणको आकर्षण कस्तो रहन्छ हेर्न बाँकी देखिन्छ। त्यतिमात्र होइन, कम्तिमा ५० कित्ता आवेदन गर्ने पर्ने र भाउ पनि प्रतिकित्ता ३६०.९० रुपैयाँ पर्ने भएकाले सर्वसाधारणका लागि यो आइपीओ भर्न महङ्गो पर्न जान्छ। एक जनाले ५० कित्ता आवेदन दिनका लागि १८ हजार ४५ रुपैयाँ छुट्याउनुपर्ने हुन्छ।
कम्पनी सम्बन्धी विवरण सर्वोत्तम सिमेन्ट लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको कम्पनी हो। यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३२ तीनकुने सुविधानगरमा रहेको छ।
यस कम्पनी २०६७ असोज २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो। पछि २०७६ साल साउन २९ गते पब्लिक लिमिटेडमा परिणात भएको हो। सिमेन्ट उत्पादन गर्ने मुख्य उद्देश्यसहित ठूला उद्योगको रुपमा यस कम्पनीले २०६८ मंसिर २८ गते उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो ।यस कम्पनीको कारोबार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड तीनकुने काठमाडौंमा रहेको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












