घरेलु श्रृंखलामा निराशाजनक नतिजा, चारमध्ये तीन खेलमा हार
काठमाडाैँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया सम्मिलित त्रिकोणात्मक ओडीआईको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजित हुँदै नेपालले सिरिजको अन्त्य गरेको छ।
आइतबार भएको सिरिजको अन्तिम खेलमा नेपाल नेदल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो। नेपालले सिरिजको तीन खेलमा हार भोग्न बाध्य भयो। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।
नेपाल नामिबियासँग भने लगातार दुई खेलमा नै हार भोग्यो। पहिलो खेल ४ विकेटले गुमाएको नेपालले दोस्रो खेलमा २ विकेटले पराजित भएको थियो।
घरेलु मैदानमा नेपालले लिग २ मा लगातार तेस्रो हार भोगेको पहिलो पटक हो। लिग२ मा तीन खेलमा जित निकालेको नामिबिया ६ अंकमा तालिकाको शीर्ष स्थानमा रह्यो। २ खेलमा जित र २ खेलमा हार भोगेको
नेदरलयाण्ड्सले ४ अंक बनाएको छ। तीन खेलमा हार र १ खेलमा जित निकालेको नेपाल २ अंकमा तेस्रो स्थानमा रहँदै लिग यात्रा सकाएको हो। नेपालले दिएको १ सय ७३ रनको मध्यम लक्ष्य डच टोलीले ३७.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
तेस्रो ओभरका लागि विक्रमजित सिंह र सेब्राण्ड इगेलब्रेचले १ सय २ रनको अविजित साझेदारी गरेपछि सहज लक्ष्य भेट्टाएको हो। ९२ बलमा ७ चौका प्रहार गरेका विक्रमजित ५८ रनमा अविजित रहे। ७५ बलमा ३ चौका हानेका साइब्राण्ड ४६ रनमा नटआउट रहे।
ओपनर म्याक्स ओ डाउड ३९ रन बनाउँदा क्याच आउट भए। १२ औँ ओभरको चौथो बलमा ओ डाउड ललितको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए।
त्यसअघि दीपेन्द्र सिंह ऐरीले नवौँ ओभरको चौथो बलमा ओपनर माइकल लेभिटलाई बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि नेपालले विकेटका लागि लगातार संर्घष गरिरहेपनि सफल हुन सकेनन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३ बल अगावै १ सय ७२ रनमा समेटिएको थियो।
नवौँ विकेटका लागि करण केसी र आरिफ शेखले ३६ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक योगफलको आधार खडा गरेको थियो।
आरिफ शेख २२ रन बनाउँदा क्याच आउट भए। ५० बलमा १ चौका हानेका आरिफ भिभियन किंग्माको बलमा क्याच आउट भए। करण केसी २६ रनमा क्याच आउट भए। ललित राजवंशी शुन्य नमा नटआउट रहे।
नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको ६६ रन नै सर्वाधिक रह्यो। कुशलले ९३ बलमा ८ चौका सहयोगमा ६६ रन बनाउँदा क्याच आउट हुन पुगे।
मध्यम सुरुवात गरेको नेपाल एक समय ११ ओभरको समाप्तीमा २–५० को अवस्थामा थियो।
नेपालका ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। दिपेन्द्र सिंह ऐरी १ रनमा रन आउट भए। भिम सार्की शुन्य रनमा बोल्ड आउट भए। भिम ३० औँ ओभरको तेस्रो बलमा वास डे लिडको बलमा बोल्ड आउट भए। गुल्सन झा ५ रनमा क्याच आउट भए।
कप्तान रोहित १६ रन बनाउँदा क्याच आउट भए। ४० बलमा १६ रन बनाएका रोहित २५ औँ ओभरको तेस्रो बलमा आर्यन दत्तको बलमा नोआ क्रोसको हातबाट क्याच आउट भए।
१३ औँ ओभरको अन्तिम बलमा कुशल मल्ल एलबीडब्लु धरापमा पर्दै आउट भए। ९ बलमा २ रन बनाएका कुशल आर्यन दत्तको बलमा एलबीडब्लु आउट भए। ११ औँ ओभरको अन्तिम बलमा अनिल शाह बोल्ड आउट भए। ११ बलमा १ छक्का मद्धतमा ७ रन बनाएका अनिल भिभियन किंग्मा कै बलमा बोल्ड आउट भए।
ओपनर आशिफ शेख १७ रन बनाउँदा क्याच आउट भए। २७ बलमा २ चौका १ छक्का हानेका आशिफ नवौँ ओभरको तेस्रो बलमा भिभियन किंग्माको बलमा बास डे लिडको हातबाट क्याच आउट भए।
नेपाललाई कम स्कोरमा रोक्न नेदरल्यान्ड्सका लागि आर्यन दत्तले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र १६ रन दिए।
रोइलेफ भान डे मार्भीले १० ओभरमा १ मेडन राख्दै २३ रन खर्चदा १ विकेट लिए। भिभियन किंग्माले ३ विकेट लिए। वास डि लिडले २ तथा रोलेफले १ विकेट लिए।
Comments
अरु समाचार
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगोमा पग्ने प्रयास
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
मन्त्री सीता वादी र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटघाट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका...
-
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...












