घरेलु श्रृंखलामा निराशाजनक नतिजा, चारमध्ये तीन खेलमा हार
काठमाडाैँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया सम्मिलित त्रिकोणात्मक ओडीआईको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजित हुँदै नेपालले सिरिजको अन्त्य गरेको छ।
आइतबार भएको सिरिजको अन्तिम खेलमा नेपाल नेदल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो। नेपालले सिरिजको तीन खेलमा हार भोग्न बाध्य भयो। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।
नेपाल नामिबियासँग भने लगातार दुई खेलमा नै हार भोग्यो। पहिलो खेल ४ विकेटले गुमाएको नेपालले दोस्रो खेलमा २ विकेटले पराजित भएको थियो।
घरेलु मैदानमा नेपालले लिग २ मा लगातार तेस्रो हार भोगेको पहिलो पटक हो। लिग२ मा तीन खेलमा जित निकालेको नामिबिया ६ अंकमा तालिकाको शीर्ष स्थानमा रह्यो। २ खेलमा जित र २ खेलमा हार भोगेको
नेदरलयाण्ड्सले ४ अंक बनाएको छ। तीन खेलमा हार र १ खेलमा जित निकालेको नेपाल २ अंकमा तेस्रो स्थानमा रहँदै लिग यात्रा सकाएको हो। नेपालले दिएको १ सय ७३ रनको मध्यम लक्ष्य डच टोलीले ३७.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
तेस्रो ओभरका लागि विक्रमजित सिंह र सेब्राण्ड इगेलब्रेचले १ सय २ रनको अविजित साझेदारी गरेपछि सहज लक्ष्य भेट्टाएको हो। ९२ बलमा ७ चौका प्रहार गरेका विक्रमजित ५८ रनमा अविजित रहे। ७५ बलमा ३ चौका हानेका साइब्राण्ड ४६ रनमा नटआउट रहे।
ओपनर म्याक्स ओ डाउड ३९ रन बनाउँदा क्याच आउट भए। १२ औँ ओभरको चौथो बलमा ओ डाउड ललितको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए।
त्यसअघि दीपेन्द्र सिंह ऐरीले नवौँ ओभरको चौथो बलमा ओपनर माइकल लेभिटलाई बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि नेपालले विकेटका लागि लगातार संर्घष गरिरहेपनि सफल हुन सकेनन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३ बल अगावै १ सय ७२ रनमा समेटिएको थियो।
नवौँ विकेटका लागि करण केसी र आरिफ शेखले ३६ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक योगफलको आधार खडा गरेको थियो।
आरिफ शेख २२ रन बनाउँदा क्याच आउट भए। ५० बलमा १ चौका हानेका आरिफ भिभियन किंग्माको बलमा क्याच आउट भए। करण केसी २६ रनमा क्याच आउट भए। ललित राजवंशी शुन्य नमा नटआउट रहे।
नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको ६६ रन नै सर्वाधिक रह्यो। कुशलले ९३ बलमा ८ चौका सहयोगमा ६६ रन बनाउँदा क्याच आउट हुन पुगे।
मध्यम सुरुवात गरेको नेपाल एक समय ११ ओभरको समाप्तीमा २–५० को अवस्थामा थियो।
नेपालका ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। दिपेन्द्र सिंह ऐरी १ रनमा रन आउट भए। भिम सार्की शुन्य रनमा बोल्ड आउट भए। भिम ३० औँ ओभरको तेस्रो बलमा वास डे लिडको बलमा बोल्ड आउट भए। गुल्सन झा ५ रनमा क्याच आउट भए।
कप्तान रोहित १६ रन बनाउँदा क्याच आउट भए। ४० बलमा १६ रन बनाएका रोहित २५ औँ ओभरको तेस्रो बलमा आर्यन दत्तको बलमा नोआ क्रोसको हातबाट क्याच आउट भए।
१३ औँ ओभरको अन्तिम बलमा कुशल मल्ल एलबीडब्लु धरापमा पर्दै आउट भए। ९ बलमा २ रन बनाएका कुशल आर्यन दत्तको बलमा एलबीडब्लु आउट भए। ११ औँ ओभरको अन्तिम बलमा अनिल शाह बोल्ड आउट भए। ११ बलमा १ छक्का मद्धतमा ७ रन बनाएका अनिल भिभियन किंग्मा कै बलमा बोल्ड आउट भए।
ओपनर आशिफ शेख १७ रन बनाउँदा क्याच आउट भए। २७ बलमा २ चौका १ छक्का हानेका आशिफ नवौँ ओभरको तेस्रो बलमा भिभियन किंग्माको बलमा बास डे लिडको हातबाट क्याच आउट भए।
नेपाललाई कम स्कोरमा रोक्न नेदरल्यान्ड्सका लागि आर्यन दत्तले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र १६ रन दिए।
रोइलेफ भान डे मार्भीले १० ओभरमा १ मेडन राख्दै २३ रन खर्चदा १ विकेट लिए। भिभियन किंग्माले ३ विकेट लिए। वास डि लिडले २ तथा रोलेफले १ विकेट लिए।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











