संखुवासभाको चैनपुरस्थित पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना
खाँदबारी । नेपाल सरकारको पूर्ण स्वमित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा संखुवासभाको चैनपुर नगरपालिका- ३ स्थित पोखरी बजारमा स्थापना गरिएको छ । शाखाको कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आईतबार उद्घाटन गर्नु भयो । शाखाको उद्घाटनअघि स्थानीय नागरिक, राजनीतिकर्मी, विद्यार्थीलगायतको सहभागितामा पञ्चेबाजासहित प्रभातफेरी गरिएको थियो ।
पोखरी बजारमा ६ वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको एक्टेन्सन काउन्टर स्थापना गरिएको थियो । उक्त काउण्टरको स्तर वृद्धि गरी शाखाको स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । काउन्टर स्थापनाको समयमा नै पर्याप्त आधारहरु पुगे आगामी दिनमा शाखामा परिणत गर्ने प्रतिबद्धता अनुरुप यसपटक शाखा स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जनाउनु भयो ।
यस शाखाबाट साना लगानीकर्ताहरु मार्फत कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको समेत अधिकृत श्रेष्ठले प्रष्ट पार्नुभयो । शाखामार्फत बढिभन्दा बढि ऋण लिएर व्यवसायी बन्न समेत श्रेष्ठले स्थानीयबासीलाई अनुरोध गर्नु भएको छ । बैंकमार्फत प्रवाह गरिएको ऋण जनताकै भएकोले तोकिएकै समयमा तिर्नुपर्ने समेत श्रेष्ठले जनाउनु भयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, सामाजिक अगुवाहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका बक्ताहरुले यहाँ बैंकको शाखा ल्याउने काममा योगदान दिनेहरुप्रति आभार व्यक्त गरेका थिए ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












