संखुवासभाको चैनपुरस्थित पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना
खाँदबारी । नेपाल सरकारको पूर्ण स्वमित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा संखुवासभाको चैनपुर नगरपालिका- ३ स्थित पोखरी बजारमा स्थापना गरिएको छ । शाखाको कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आईतबार उद्घाटन गर्नु भयो । शाखाको उद्घाटनअघि स्थानीय नागरिक, राजनीतिकर्मी, विद्यार्थीलगायतको सहभागितामा पञ्चेबाजासहित प्रभातफेरी गरिएको थियो ।
![](https://newsnepal.com/wp-content/uploads/2024/02/Hari-f-300x171.jpg)
पोखरी बजारमा ६ वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको एक्टेन्सन काउन्टर स्थापना गरिएको थियो । उक्त काउण्टरको स्तर वृद्धि गरी शाखाको स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । काउन्टर स्थापनाको समयमा नै पर्याप्त आधारहरु पुगे आगामी दिनमा शाखामा परिणत गर्ने प्रतिबद्धता अनुरुप यसपटक शाखा स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जनाउनु भयो ।
![](https://newsnepal.com/wp-content/uploads/2024/02/2-hari-fuyal-300x226.jpg)
यस शाखाबाट साना लगानीकर्ताहरु मार्फत कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको समेत अधिकृत श्रेष्ठले प्रष्ट पार्नुभयो । शाखामार्फत बढिभन्दा बढि ऋण लिएर व्यवसायी बन्न समेत श्रेष्ठले स्थानीयबासीलाई अनुरोध गर्नु भएको छ । बैंकमार्फत प्रवाह गरिएको ऋण जनताकै भएकोले तोकिएकै समयमा तिर्नुपर्ने समेत श्रेष्ठले जनाउनु भयो ।
![](https://newsnepal.com/wp-content/uploads/2024/02/1-hari-fuyal-300x226.jpg)
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, सामाजिक अगुवाहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका बक्ताहरुले यहाँ बैंकको शाखा ल्याउने काममा योगदान दिनेहरुप्रति आभार व्यक्त गरेका थिए ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...
-
China’s commitment: Anchored in Modernization and further Deepening Reform
-Chen song,ambassador of the people's republic of china to Nepal The 20th Central Committee of Communist Party of China convened...
-
वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई
काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा...
-
आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...
-
सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सम्पन्न
काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी...
-
कोशी सरकार छाड्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने...
-
ओली सत्तामा हुँदा उच्च काम, प्रमुख पदमा महिलाको ऐतिहासिक नाम
काठमाडौं । लैंगिक समानताको पक्षमा लड्ने नेताका रुपमा वर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ऐतिहासिक गरिमा झनै...
-
रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर तीनजनाको ज्यान गयो
काठमाडौं । रामेछापमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको ज्यान गएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ परिहोमा...
-
आजको राशिफल: २०८१ साउन ११ गते शुक्रवार
मेष : व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे...