सावित्रा बनिन् दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता
काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले कीर्तिमानको चाङमा अर्को रेकर्ड आफ्नो नाममा गरेकी छिन्।
साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालका लागि ५० गोल गर्दै कीर्तिमान कायम गरेकी साम्बाले फेरि अर्को कीर्तिमान आफ्नो नाममा गरेकी छिन्। वाफ च्याम्पियनसिप अन्तर्गत लेबनानविरुद्ध गोल गरेकी साम्बालेमहिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याएकी छिन्।
लेवनानविरुद्ध खेलको ७६ औँ मिनेटमा बराबरी गोल फर्काएकी साम्बा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन्। साम्बाले नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा ५३ गोल गर्दा उनले भारतीय टोलीकी स्टार बालादेवीलाई पछि पारेकी हुन्।
यसअघि साम्बा र बालादेवीसँगै इंग्लयान्डकी एलेन ह्वाइट, स्पेनकी जेनिफर हर्मोसो संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको ३२ औँ स्थानमा थिए। तर मंगलबार राति १ गोल थप्दै साम्बा अष्ट्रियाकी निना बर्गरसँगै उभिएकी छिन्। समान ५३ अन्तर्राष्ट्रिय गोल गरेका साम्बा र निना विश्वको सर्वाधिक गोलकर्ताको ३१ औँ स्थानमा छन्।
सर्वाधिक गोलकर्ताको सूचीमा दक्षिण एसियाबाट साम्बा र बालादेवीपछि बगंलादेशकी सविना खातुन छन्। सविनाले ३४ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा आफुलाई ४२ औँ स्थानमा उभ्याएकी छिन्। घरेलु फुटबलमा एकक्षत्र राज गरिरहेकी साम्बाले सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्यु गोल गरेकी थिइन्।
त्यसयता कीर्तिमानको चाङमा आफूलाई अब्बल बनाएकी साम्बाले २०७६ मा घरेलु मैदानमा नै भएको १३ औ दक्षिण एसियाली खेलकुदमा मालदिभ्सविरुद्ध २ गोल गर्दै नेपालको सर्वाधिक गोलकर्ता बनेकी थिइन्। साम्बाले नेपालकी पूर्वकप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान तोडेकी थिइन्। जुन गोल संख्यालाई साम्बाले अहिले ५३ पुर्याइसकेकी छिन्।
कीर्तिमानहरु कै थुप्रोमा साम्बामा नेपालबाट युरोपमा लिग खेल्ने पहिलो खेलाडी बनेकी हुन्। इजरायलको हापोयल रानानामा अनुबन्ध भएसँगै साम्बा युरोपियन लिग खेल्ने पहिलो खेलाडी बनेकी थिइन्। यद्यपी उनले त्यहाँ लामो समय बिताउन पाइनन्। प्यालेस्टाइनी विद्रोही समूह हमासकाे हमालाका कारण इजरायल हिसांग्रस्त भएपछि साम्बा स्वदेश फर्किएकी थिइन्। त्यसपछि यही सिजन फ्रान्सको शीर्ष डिभिजन लिग खेलिरहेको एन अभान्ट गुएङग्याम्पमा अनुबन्ध छिन्।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











