सावित्रा बनिन् दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता
काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले कीर्तिमानको चाङमा अर्को रेकर्ड आफ्नो नाममा गरेकी छिन्।
साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालका लागि ५० गोल गर्दै कीर्तिमान कायम गरेकी साम्बाले फेरि अर्को कीर्तिमान आफ्नो नाममा गरेकी छिन्। वाफ च्याम्पियनसिप अन्तर्गत लेबनानविरुद्ध गोल गरेकी साम्बालेमहिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याएकी छिन्।
लेवनानविरुद्ध खेलको ७६ औँ मिनेटमा बराबरी गोल फर्काएकी साम्बा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन्। साम्बाले नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा ५३ गोल गर्दा उनले भारतीय टोलीकी स्टार बालादेवीलाई पछि पारेकी हुन्।
यसअघि साम्बा र बालादेवीसँगै इंग्लयान्डकी एलेन ह्वाइट, स्पेनकी जेनिफर हर्मोसो संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको ३२ औँ स्थानमा थिए। तर मंगलबार राति १ गोल थप्दै साम्बा अष्ट्रियाकी निना बर्गरसँगै उभिएकी छिन्। समान ५३ अन्तर्राष्ट्रिय गोल गरेका साम्बा र निना विश्वको सर्वाधिक गोलकर्ताको ३१ औँ स्थानमा छन्।
सर्वाधिक गोलकर्ताको सूचीमा दक्षिण एसियाबाट साम्बा र बालादेवीपछि बगंलादेशकी सविना खातुन छन्। सविनाले ३४ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा आफुलाई ४२ औँ स्थानमा उभ्याएकी छिन्। घरेलु फुटबलमा एकक्षत्र राज गरिरहेकी साम्बाले सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्यु गोल गरेकी थिइन्।
त्यसयता कीर्तिमानको चाङमा आफूलाई अब्बल बनाएकी साम्बाले २०७६ मा घरेलु मैदानमा नै भएको १३ औ दक्षिण एसियाली खेलकुदमा मालदिभ्सविरुद्ध २ गोल गर्दै नेपालको सर्वाधिक गोलकर्ता बनेकी थिइन्। साम्बाले नेपालकी पूर्वकप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान तोडेकी थिइन्। जुन गोल संख्यालाई साम्बाले अहिले ५३ पुर्याइसकेकी छिन्।
कीर्तिमानहरु कै थुप्रोमा साम्बामा नेपालबाट युरोपमा लिग खेल्ने पहिलो खेलाडी बनेकी हुन्। इजरायलको हापोयल रानानामा अनुबन्ध भएसँगै साम्बा युरोपियन लिग खेल्ने पहिलो खेलाडी बनेकी थिइन्। यद्यपी उनले त्यहाँ लामो समय बिताउन पाइनन्। प्यालेस्टाइनी विद्रोही समूह हमासकाे हमालाका कारण इजरायल हिसांग्रस्त भएपछि साम्बा स्वदेश फर्किएकी थिइन्। त्यसपछि यही सिजन फ्रान्सको शीर्ष डिभिजन लिग खेलिरहेको एन अभान्ट गुएङग्याम्पमा अनुबन्ध छिन्।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...












