जनआस्थासामु डलर अर्बपति बिनोद चौधरीकाे अर्को मुद्दामा पनि शर्मनाक हार
काठमाडाैँ । डलर अर्बपति एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले हालेको अर्को मुद्दामा पनि आस्था प्रकाशन प्रालिको जित भएको छ । जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठसहितलाई विपक्षी बनाएर हालेको गाली बेइज्जती मुद्दामा चौधरीले पुनः हार ब्यहोर्नुपरेको हो ।
आफू,आफ्नो परिवार र सबै कारोबारको सार्वजनिक गतिविधि प्रतिकूल र अनियमितताबारे समाचार लेखेको भन्दै अदालत गुहारेका उनको मुद्दामा ललितपुर जिल्ला अदालतले दाबी नपुग्ने ठहर गरेको हो । जनआस्थामा प्रकाशित झण्डै आधा दर्जन समाचारलाई लिएर उनका वारेश कस्तुभ शाहीले हालेको मुद्दा आज १ नम्बर न्यायाधीश ऋषिराज आचार्यको इजलाशमा पेशी चढेको थियो ।
तथ्य प्रमाणसहित लेखिएका ती समाचारविरुद्ध चौधरीले २ बर्ष कैद र २० हजार रुपैयाँ सजायको मागदाबीसहित हालेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । सिजी ग्रुपका अध्यक्ष चौधरी र उनको व्यापारिक समूहमाथि नियोजित रुपमा झुठ्ठा एवं भ्रमपूर्ण समाचार प्रकाशन गरेर चरित्रहत्या गरेको भन्दै अध्यक्ष श्रेष्ठसहितलाई प्रतिवादी बनाएर २०७९ भदौ १३ गते मुद्दा दायर गरिएको थियो । उनी कति हुस्सु भने उनीद्वारा बिपक्षी बनाइएका मोहम्मद र लोचन नामका कर्मचारी जनआस्थामा छैनन् ।
२०७७ जेठ २४ गते ‘कसले खोज्ने चौधरीको एक खर्बको स्रोत ?’, असार ६ गते ‘डलर अर्बपतिको भँगेरे दाउ’, असार ३० गते ‘नबिलले उडायो राष्ट्र बैंकको धज्जी’, भदौ ४ गते ‘अर्बपतिको मुहानमा बल्ल आक्रमण’, भदौ ८ गते ‘अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनताः चौधरीद्वारा रातारात अर्बौं बाहिरिएको खुलासा’, भदौ ११ गते ‘यसकारण छटपटाए डलर अर्बपतिः विदेशबाट फर्कियो एक लाख डलर’, भदौ १२ गते ‘छोराहरुलाई अघि सारेर डलर छपक्कै’, भदौ २४ गते ‘चौधरीको चर्तिकला र ओली सरकारको चकमन्नता’, भदौ २८ गते ‘नबिलले नियम कानुन मिच्दाका नालिबेलीः राष्ट्र बैंकका को–को बिके,क–कसले फट्याइँ सिके ?’, २०७९ भदौ ५ गते ‘रामकुमारीको ‘बाध्यता’ र विनोद चौधरीको ‘गम्भीर’ मुनाफा’ ले आफूप्रति घृणा र द्वेष फैलाएको उनको दाबी थियो ।
“श्रीमानले चाँहि त्यतातिर नजाऊँ,प्रमाण हेरौं भन्नुभयो । अधिवक्ता भुसालको तर्क थियो- उहाँको चर्तिकला सबैले देखेका छौं । एउटा सार्वजनिक पदमा भएको व्यक्ति राज्य र जनताप्रति जवाफदेही हुनुपर्दैन ? तथ्य र प्रमाणको आधारमा लेखिएको समाचारले चरित्रहत्या भयो भन्दा आश्चर्य लाग्छ ।’
फिरादपत्रमा मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ विपरीतको कसूर गरेकाले दफा ३०७ बमोजिम कारबाही गर्न माग गरिएको थियो । सो दफामा कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म वा दुवै सजाय हुने व्यवस्था छ ।
तर,अदालतले भने प्रमाण पुर्याएर लेखिएको समाचारविरुद्ध गाली बेइज्जतीको मुद्दा नलाग्ने भन्दै दाबी अस्वीकार गरेको हो । जनआस्थाको तर्फबाट अधिवक्ता बद्री भुसालले प्रतिवाद गर्दा चौधरी समूहले अधिवक्ताको लाम लगाएको थियो । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवानिकट अधिवक्ता तेज रावल,दिपक जोशी, विपिन सुवेदीलगायतलाई मैदानमा उतारिएको थियो ।
अदालत स्रोतले भन्यो,‘अदालतले राज्यले दिएको अधिकार प्रयोग गर्न पाउनु प्रेस जगतको दायित्व भएको ठहर गरेको छ । उहाँहरुको वकिलले त लाञ्छना लगायो,व्यक्तिगत चरित्रहत्या गरियो भन्दै हुनुहुन्थ्यो । तर, न्यायाधीशले चाँहि त्यतातिर नजाऊँ, प्रमाण हेरेर अगाडि बढाऔं भन्नुभयो । अधिवक्ता भुसालको तर्क थियो- उहाँको चर्तिकला सबैले देखेका छौं । एउटा सार्वजनिक पदमा भएको व्यक्ति राज्य र जनताप्रति जवाफदेही हुनुपर्दैन ? तथ्य र प्रमाणको आधारमा लेखिएको समाचारले चरित्रहत्या भयो भन्दा आश्चर्य लाग्छ ।’
आफूविरुद्ध समाचार लेखेको भन्दै चौधरीले जनआस्थाबिरुध्द पटकपटक जिल्ला र उच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् । तर,ती सबै मुद्दामा उनले एकपछि अर्को हार खेप्नुपरेको छ ।

Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












