प्रधानमन्त्रीबाट विश्वासघात र बेइमानी भयो: कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थत फिर्ता लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासघात गरी गठबन्धन तोडेको भन्दै बिहीबार बिहान बसेको संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरिएको हो ।
“हामी संविधानको रक्षा, स्थिरता र सुशासनको प्रतिबद्धतासहित निर्वाचनमा गएर सरकार सञ्चालन गरिरहेका थियौँ,” नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले भने, “उहाँले जनतासँगको प्रतिबद्धता भुल्दै गठबन्धनका दलहरूसँग छलफल समेत नगरी गठबन्धन तोडेर जानुभएको हो । यसले देशलाई अस्थिरतातर्फ धकेलेको छ ।”
प्रधानमन्त्रीले अविश्वसनीय कारण देखाएर गठबन्धन तोडेको कांग्रेसको जिकिर छ । “नेपाली कांग्रेस सधैँ गठबन्धनप्रति इमानदार रह्यो । कांग्रेसले गठबन्धनका सहमतिलाई पालना गर्न प्रतिबद्ध रहँदै त्यसअनुरूप काम पनि गरेको हो,” लेखकले भने, “तर, प्रधानमन्त्री पुष्पकमल दाहालले कपोलकल्पित, भ्रामक र अविश्वसनीय कारणहरू देखाएर गठबन्धन तोड्नुभएको छ । यसलाई हामीले विश्वासघात र बेइमानीका रूपमा लिएका छौँ ।”
उनले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले यसअघि नै समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराए । अब कांग्रेसले संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रचनात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












