आईपिएल :चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किंगले दोस्रो जित दर्ता गरेको छ। गएराति भएको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो।
मंगलबार राति दोस्रो खेलमा गुजरातले टस जितेर फिल्ड रोजेपछि चेन्नईले सुरुमा ब्याटिङ गरेको थियो। ६ विकेटको क्षतिमा चेन्नईले गुजरातलाई २०७ रनको विशाल लक्ष्य दियो। चेन्नईका लागि शिवम दुबेले अर्धशतक बनाए। उनले २३ बलमा ५ छक्काको मद्तमा ५१ रन जोडे। कप्तान रुतुराज गायकवाड र रचिन रविन्द्रको समान ४६–४६ रनको मद्दतमा चेन्नईले २०६ रन बनाएको हो। गुजरातका लागि रासिद खानले दुई विकेट लिए भने साई किशोर, स्पेन्सर जानसन र मोहित शर्माले समान एकएक विकेट हात पारे।
चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए। ऋद्धिमान साह र डेभिड मिलरले समान २१–२१ रन बनाए। गुजरातका कप्तान शुभमन गिल ५ बलमा ८ रन बनाएर आउट भएपछि उसको ब्याटिङ लाइन धरापमा परेको थियो।
गुजरातलाई सस्तैमा समेट्न चेन्नइका लागि दिपक चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपाण्डेले समान दुईदुई विकेट लिए भने डेरिल मिचेल र माथीशा पाथिरानाले एक–एक विकेट हात पारे। दोस्रो खेलमा गुजरातलाई ६३ रनले पराजित गर्दै चेन्नई आईपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो।
पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित दुई अंक जोडेको छ भने कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित निकालेर दुई अंक जोडेको छ। आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसमाथि २० रनको जित निकालेको थियो। आइतबारको दोस्रो खेलमा मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुवात गरेको थियो। सोमबारको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकाल्दै दुई अंक जोडेको छ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












