गुजरातलाई हराउँदै चेन्नईको लगातार दोस्रो जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग(आइपिएल) मा पाँच पटकको विजेता चेन्नईले लगातार दोस्रो जित हासिल गरेको छ।
मंगलबार भएको खेलमा साविक फाइनलिस्ट गुजरातलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित हासिल गरेको हो। यसअघि चेन्नईले जारी सिजनको पहिलो खेलमा बैंगलोरलाई ६ विकेटले पराजित गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि न्युजिल्यान्डका रचिन रविन्द्र र शिवम् दुवेले विस्फोटक इनिङ खेलेका थिए। उत्कृष्ट सुरुवात गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो। उसका लागि रचिनले २० बलमा ६ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाउँदा ऋतुराज गायकवाडले ४६ रन बनाएका थिए। उनीहरुले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरे त्यस्तै चौंथो नम्बरमा ब्यटिङका लागि आएका शिवम् दुवेको इनिङ चेन्नईलाई उच्च स्कोरमा पुर्याउन महत्वपूर्ण बन्यो। दुवेले २३ बलमा ५१ रन बनाएका थिए। त्यस्तै ड्यारीयल मिचेल २४ रनमा नटआउट रहँदा अजिंक्य रहाणेले १२ रन र रविन्द्र जडेजाले १४ रन बनाए।
जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनमै समेटियो। उसका लागि लागि साइ सुदर्शनको ३७ रन सर्वाधिक रह्यो। उनी बाहेक ऋद्दिमान साहा र डेभिड मिलरले २१-२१ रन बनाउँदा विजय संकरले १२ तथा अजमतुल्लाह ओमरजाइले ११ रन बनाएका थिए। उमेश यादव १० रनमा अविजित रहे। चेन्नईका लागि दिपक चाहार, मुस्ताफिजुर रहमान र तुषारदेश पाण्डेले समान २-२ विकेट लिंदा ड्यारी मिचेल र मथिसा पथिरनाले समान १-१ विकेट लिएका थिए।
आइपिएल अन्तर्गत बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स हैदराबादमा साँझ ७:४५ मा प्रतिस्पर्धा गर्दै छन्।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












