सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएकी छिन्। अध्यक्ष श्रेष्ठले संसदीय दलका अध्यक्ष घनश्याम चौधरीलाई पत्र लेख्दै समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्।
उनले १४ चैतमा टीकापुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको उल्लेख गर्दै संसदीय दललाई तत्काल सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्। समर्थन फिर्ता लिएर सरकारबाट बाहिर नआए विधानअनुसार कारबाही गर्ने श्रेष्ठको चेतावनी छ।
प्रदेश सरकारमा नागरिक उन्मुक्तिका सात सांसदमध्ये एक राज्यमन्त्रीसहित पाँच मन्त्री छन्। यसअघि पनि श्रेष्ठले सरकारबाट समर्थन फिर्ता लिन निर्देशन दिएकी थिइन्। तर, अध्यक्षको निर्देशनविपरीत संसदीय दलले समर्थन कायम राख्ने निर्णय गरेको थियो। बिहीबार मात्र नागरिक उन्मुक्तिका दुई विनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहेका वेला नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












