सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएकी छिन्। अध्यक्ष श्रेष्ठले संसदीय दलका अध्यक्ष घनश्याम चौधरीलाई पत्र लेख्दै समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्।
उनले १४ चैतमा टीकापुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको उल्लेख गर्दै संसदीय दललाई तत्काल सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्। समर्थन फिर्ता लिएर सरकारबाट बाहिर नआए विधानअनुसार कारबाही गर्ने श्रेष्ठको चेतावनी छ।
प्रदेश सरकारमा नागरिक उन्मुक्तिका सात सांसदमध्ये एक राज्यमन्त्रीसहित पाँच मन्त्री छन्। यसअघि पनि श्रेष्ठले सरकारबाट समर्थन फिर्ता लिन निर्देशन दिएकी थिइन्। तर, अध्यक्षको निर्देशनविपरीत संसदीय दलले समर्थन कायम राख्ने निर्णय गरेको थियो। बिहीबार मात्र नागरिक उन्मुक्तिका दुई विनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहेका वेला नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्।
![](https://newsnepal.com/wp-content/uploads/2024/03/Messenger_creation_e748f811-b548-4493-b4a4-fd209d49fc54.jpeg_.2024-03-29.jpeg)
Comments
अरु समाचार
-
पोखरा आज देशकै प्रदूषित सहर बन्यो
काठमाडौं । आज पोखरा देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ...
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प...
-
मुख्यमन्त्री लामा युएई प्रस्थान, श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। युनाइटेड अरब इमिरिटेस...
-
धनुषाधाममा लाग्ने प्रसिद्ध मक्कर मेला सम्पन्न
काठमाडौं । धनुषा जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा माघ महिनाभरि आयोजना हुने मक्कर मेला आज सम्पन्न भएको छ। माघ महिनाको...
-
सौराहामा आजदेखि खाना उत्सव सुरु
काठमाडौं । प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव (फूड फेस्टिभल) सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल...
-
ठोरीमा भारतीय नागरीककोे शव
काठमाडौं । पर्सा जिल्लाको ठोरीमा आज बिहान एक भारतीय नागरीककोे शव फेला परेको छ । हत्या गरि झाडीमा फालिएको अवस्थामा...
-
आज अन्तर्राष्ट्रिय दाल दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने...
-
हिमालय कलेज अफ इन्जिनियरिङद्वारा आयोजित ‘ह्याकाथन प्रतियोगिता र करियर फेस्ट’ सुरु
काठमााडौं । ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित ह्याकाथन प्रतियोगिता र करियर फेस्ट सुरु भएको छ । जसलाई ‘कोड...
-
रुकुमपश्चिममा बम फेला
काठमाडौं । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिस्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ। वडा नम्बर ६ बित्तास्थित लालीगुराँस सामुदायिक वन...