रेशम पक्षका दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासित
काठमाडौं । नागरिक उन्मुक्तिले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासित गरेको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जनलाई पत्र पठाएर निष्कासित गरेको जानकारी दिएकी छन्। पार्टी महासचिव गंगाराम चौधरीले कारबाहीको पत्र पठाएको पुष्टि गरे।
संस्थापक सदस्य रमेश विक र टीकापुर नगरपालिकाका मेयरसमेत रहेका रामलाल डंगौरालाई कुटपिट गरेको भन्दै अध्यक्ष रञ्जिताले कारबाही गरेकी हुन्। गुरुङ र योञ्जन रेशम चौधरी पक्षका हुन्। सरकारमा जाने नजाने विषयमा विवाद हुँदा सोमबार पार्टी कार्यालय अनामनगरमा कुटपिट भएको थियो।
संस्थापक सदस्य रमेश विकले पत्रकार सम्मेलन गरेरै रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको बताएका थिए। सुदूरपश्चिम सरकार तलमाथि भए हत्या हुनसक्ने धम्की दिएको उनको भनाइ छ। त्यस्तै रेशमले गुण्डाहरू लगाएर अभद्र व्यवहार गरेको उनले बताए।
यता रेशम चौधरीले वादविवाद भए पनि आफूले त्यस्तो धम्की नदिएको बताए। रञ्जिताले पद लोलुपताका कारण पार्टी बर्बाद पारेको उनको भनाइ छ। रेशमले तीन महिनादेखि खाना खानसमेत नसकेको र आत्महत्या गर्ने परिस्थितिको सिर्जना भएको बताएका थिए। सरकारमा जाने नजाने विषयमा श्रीमान श्रीमतीबीच चर्को मतभेद रहेको छ। रेशम चौधरीले यस विषयको छिनोफानो गर्न शुक्रबार बैठक बोलाएका छन्।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











