रेशम पक्षका दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासित
काठमाडौं । नागरिक उन्मुक्तिले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासित गरेको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जनलाई पत्र पठाएर निष्कासित गरेको जानकारी दिएकी छन्। पार्टी महासचिव गंगाराम चौधरीले कारबाहीको पत्र पठाएको पुष्टि गरे।
संस्थापक सदस्य रमेश विक र टीकापुर नगरपालिकाका मेयरसमेत रहेका रामलाल डंगौरालाई कुटपिट गरेको भन्दै अध्यक्ष रञ्जिताले कारबाही गरेकी हुन्। गुरुङ र योञ्जन रेशम चौधरी पक्षका हुन्। सरकारमा जाने नजाने विषयमा विवाद हुँदा सोमबार पार्टी कार्यालय अनामनगरमा कुटपिट भएको थियो।
संस्थापक सदस्य रमेश विकले पत्रकार सम्मेलन गरेरै रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको बताएका थिए। सुदूरपश्चिम सरकार तलमाथि भए हत्या हुनसक्ने धम्की दिएको उनको भनाइ छ। त्यस्तै रेशमले गुण्डाहरू लगाएर अभद्र व्यवहार गरेको उनले बताए।
यता रेशम चौधरीले वादविवाद भए पनि आफूले त्यस्तो धम्की नदिएको बताए। रञ्जिताले पद लोलुपताका कारण पार्टी बर्बाद पारेको उनको भनाइ छ। रेशमले तीन महिनादेखि खाना खानसमेत नसकेको र आत्महत्या गर्ने परिस्थितिको सिर्जना भएको बताएका थिए। सरकारमा जाने नजाने विषयमा श्रीमान श्रीमतीबीच चर्को मतभेद रहेको छ। रेशम चौधरीले यस विषयको छिनोफानो गर्न शुक्रबार बैठक बोलाएका छन्।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












