दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई अनुदान
काठमाडौं । उखुखेती प्रवर्द्धनका लागि पुनर्वास नगरपालिकाका बाढी प्रभावित किसानलाई ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण गरिएको छ । आधुनिक किसिमले बगरमा उखुखेती गर्नका लागि पुनर्वास– १, ७ र ९ का किसानलाई विपद् व्यवस्थापन समितिमार्फत रोटाभेटर, ट्रेन्च, हैरो, राजा हललगायत कृषि औजार वितरण गरिएको हो ।
दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई बगरमा उखुखेती गर्नका लागि जिल्लास्थित नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ र मर्सिकोर नेपालको साझेदारीमा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजाले कृषि औजार वितरण गरेको हो । समाजकल्याण शङ्का कार्यकारी निर्देशक अशोकविक्रम जैरु र नगरपालिकाका प्रमुख तोयराज शर्माले संयुक्तरुपमा कृषि औजार वितरण गर्नुभयो ।
कार्यकारी निर्देशक जैरुले उखुखेतीमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउन, लागत खर्च कम गर्न, कम श्रममै उखुको बढी उत्पादन लिनका लागि किसानलाई कृषि औजारको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले समुदायको मागका आधारमा ५० प्रतिशतसम्म लगानी गरिने उहाँको भनाइ छ ।
नगर प्रमुख तोयनाथ शर्माले पालिकाले उखुको उत्पादनमा वृद्धि गर्न चालु आर्थिक वर्षमा परियोजनासँग समन्वय गरी अनुदानको कार्यक्रम ल्याएको बताउनुभयो । “योसँगै कृषि उत्पादनमा वृद्धि गर्न पालिकाले सिँचाइमा विशेष जोड दिएको छ”, उहाँले भन्नुभयो, “साना तथा न्यूनआयस्तर भएका बाढी प्रभावित किसानले सहजरुपमा साना सिँचाइ तथा कृषि औजारको प्रयोग गरी आधुनिक उखुखेतीका माध्यमबाट आयआर्जन वृद्धि गर्न सक्नेछन् ।”
परियोजनाका अधिकृत महेश घिमिरेका अनुसार बगरमा उखुखेती गर्ने पुनर्वास–१ भकुण्डा सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान रोटाभेटर, गणेश बस्ती सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान ट्रेन्च, वडा नं ७ को उग्रतारा सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान राजाहल वितरण गरिएको छ ।
साथै वडा नं ७ का शिवशक्ति सामुदायिक विपद् व्यवस्थापन समिति परासनलाई एक थान हैरो र वडा नंं ९ सीताबस्ती सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान रोटाभेटर अनुदानमा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
“परियोजना र विपद् व्यवस्थापन समितिले कृषि औजार खरिदमा रु चार लाख ९६ हजारको साझेदारी गरेका छन्”, अधिकृत घिमिरेले भन्नुभयो, “परियोजना र समितिहरुले औजार खरिदमा ५०र५० प्रतिशतका दरले रकम व्यहोरेका छन ।”
बगर क्षेत्रमा आधुनिक उखु खेतीलाई प्रवर्द्धन गर्नका लागि चिनिमिल र कृषि विकास शाखासँग समन्वय गरी उपयुक्त जातका बिउ छनोट, उन्नत रोपण प्रविधि, बिउ उपचार, रोग तथा किरा व्यवस्थापनमा एमरेड परियोजनाले प्राविधिक सहयोग गर्दै आइरहेको छ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











