दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई अनुदान
काठमाडौं । उखुखेती प्रवर्द्धनका लागि पुनर्वास नगरपालिकाका बाढी प्रभावित किसानलाई ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण गरिएको छ । आधुनिक किसिमले बगरमा उखुखेती गर्नका लागि पुनर्वास– १, ७ र ९ का किसानलाई विपद् व्यवस्थापन समितिमार्फत रोटाभेटर, ट्रेन्च, हैरो, राजा हललगायत कृषि औजार वितरण गरिएको हो ।
दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई बगरमा उखुखेती गर्नका लागि जिल्लास्थित नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ र मर्सिकोर नेपालको साझेदारीमा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजाले कृषि औजार वितरण गरेको हो । समाजकल्याण शङ्का कार्यकारी निर्देशक अशोकविक्रम जैरु र नगरपालिकाका प्रमुख तोयराज शर्माले संयुक्तरुपमा कृषि औजार वितरण गर्नुभयो ।
कार्यकारी निर्देशक जैरुले उखुखेतीमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउन, लागत खर्च कम गर्न, कम श्रममै उखुको बढी उत्पादन लिनका लागि किसानलाई कृषि औजारको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले समुदायको मागका आधारमा ५० प्रतिशतसम्म लगानी गरिने उहाँको भनाइ छ ।
नगर प्रमुख तोयनाथ शर्माले पालिकाले उखुको उत्पादनमा वृद्धि गर्न चालु आर्थिक वर्षमा परियोजनासँग समन्वय गरी अनुदानको कार्यक्रम ल्याएको बताउनुभयो । “योसँगै कृषि उत्पादनमा वृद्धि गर्न पालिकाले सिँचाइमा विशेष जोड दिएको छ”, उहाँले भन्नुभयो, “साना तथा न्यूनआयस्तर भएका बाढी प्रभावित किसानले सहजरुपमा साना सिँचाइ तथा कृषि औजारको प्रयोग गरी आधुनिक उखुखेतीका माध्यमबाट आयआर्जन वृद्धि गर्न सक्नेछन् ।”
परियोजनाका अधिकृत महेश घिमिरेका अनुसार बगरमा उखुखेती गर्ने पुनर्वास–१ भकुण्डा सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान रोटाभेटर, गणेश बस्ती सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान ट्रेन्च, वडा नं ७ को उग्रतारा सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान राजाहल वितरण गरिएको छ ।
साथै वडा नं ७ का शिवशक्ति सामुदायिक विपद् व्यवस्थापन समिति परासनलाई एक थान हैरो र वडा नंं ९ सीताबस्ती सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान रोटाभेटर अनुदानमा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
“परियोजना र विपद् व्यवस्थापन समितिले कृषि औजार खरिदमा रु चार लाख ९६ हजारको साझेदारी गरेका छन्”, अधिकृत घिमिरेले भन्नुभयो, “परियोजना र समितिहरुले औजार खरिदमा ५०र५० प्रतिशतका दरले रकम व्यहोरेका छन ।”
बगर क्षेत्रमा आधुनिक उखु खेतीलाई प्रवर्द्धन गर्नका लागि चिनिमिल र कृषि विकास शाखासँग समन्वय गरी उपयुक्त जातका बिउ छनोट, उन्नत रोपण प्रविधि, बिउ उपचार, रोग तथा किरा व्यवस्थापनमा एमरेड परियोजनाले प्राविधिक सहयोग गर्दै आइरहेको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












