विश्व हिन्दु महासंघद्वारा अधिवक्ता अर्जुन खड्का सम्मानित, निःशुल्क कानुनी परामर्शको घोषणा
अधिवक्ता अर्जुन खड्कालाई सम्मान
काठमाडौं । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानुनी तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै अधिवक्ता अर्जुन खड्कालाई सम्मान गरेको छ ।
महासंघले आफ्नो ४४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा अधिवक्ता खड्कालाई सम्मान गरेको हो । राप्रपा अध्यक्ष पशुपति सम्सेर जबरा र महासंघको अध्यक्ष अस्मिता भण्डारीले अधिवक्ता खड्कालाई कदरपत्रसहित सम्मान गर्नु भयाे ।
उदयमान कानुन व्यवसायी खड्का कानुन र न्यायको क्षेत्रबाट हिन्दु धर्मको पक्षमा क्रियाशील हुनुहुन्छ । उहाँले विश्व हिन्दु महासंघलाई कानूनी सहायता एवं परामर्श दिँदै आउनु भएकाे छ । कार्यक्रममा महासंघको कार्यवाहक अध्यक्ष भण्डारीले संस्थाको प्रमुख उद्देश्य सनातन हिन्दु धर्मको प्रवर्धन गर्दै मुलुकलाई हिन्दु अधिराज्य बनाउने भएको बताउनुभयो । राप्रपाका पूर्वअध्यक्ष एवं संघीय सांसद पशुपति सम्सेर जबराले देशमा हिन्दु राष्ट्र पुनर्स्थापना भएरै छोड्ने ठोकुवा गर्नुभयो ।
सम्मानित भएपछि सामाजिक सञ्जालमार्फत अधिवक्ता खड्काले देशैभरका सनातन स्वधर्मसँग सम्बन्धित संस्थाहरूलाई निःशुल्क कानुनी परामर्श दिने घोषणा पनि गर्नुभएको छ । ४४ वर्षअघि स्थापित विश्व हिन्दु महासंघको विश्वका तीन दर्जन मुलुकमा आफ्नो शाखा रहेको छ ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












