ताजा समाचार

इनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

अदालतले सापकोटासँगै नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रहरीले उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। प्रहरीले गत असोज १४ गते इनम सापकोटालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

सापकोटामाथि अनुसन्धान गर्ने क्रममा महेश श्रेष्ठ र सुशील भट्टसँग पनि सम्बन्ध देखिएपछि उनीहरूलाई समेत पक्राउ गरिएको थियो।

प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गराएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org