मौलिक पुख्र्यौली नाच प्रतियोगिता
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा शनिबार सम्पन्न सर्वाधिक पुरस्कार राशिको मौलिक पुख्र्यौली नाच प्रतियोगितामा अन्नपूर्ण–८ काफलडाँडाको समूह विजयी भएको छ । तीन दिनसम्म सञ्चालन भएको १२ समूहले सहभागिता जनाएको प्रतियोगितामा वडा नं १ दोवा दोस्रो र भुरुङ तातोपानी मैत्री समाज पोखरा तेस्रो भएका छन् ।
तीनवटै समूहलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडाध्यक्ष ओमप्रकाश फगामी लगायतले क्रमश नगद रु ७५ हजार, ६० हजार र ४५ हजारका दरले पुरस्कार वितरण गर्नुभयो । मादलमा अन्नपूर्ण गाउँपालिका–७ रिमा, मारुनीमा वडा नं ५ शिख, हाइमार्ने (लामो स्वर निकाल्ने) मा पाउद्वार, भाका लय र शब्दमा काफलडाँडा, पोसाकमा वडा नं–४ नारच्याङ उत्कृष्ट भए भने वडा नं २ भुरुङ तातोपानीले अनुशासित समूहको उपाधी पाएका छन् ।
प्रतिभा पुन, डम्मर पुर्जा र लालबहादुर पुनको निर्णायक मण्डलले नृत्यको मूल्याङ्कन गर्नुभएको थियो । पुन, मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पूख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि भूमे पुजाको अवसरमा भुरुङ तातोपानीको वडा कार्यालयले पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरेको हो ।
‘पुख्र्यौली नाच पुन, मगर समुदायमा पूर्खैँदेखि चलिआएको पाइन्छ, पछिल्लो समय यो नाच युवा पुस्ताले अगाडि बढाउन नसक्दा हराएर जाने जोखिम बढेको थियो,’ प्रतियोगिताका मूल संयोजक समेत रहेका वडाध्यक्ष ओमप्रकाश फगामीले भन्नुभयो ‘नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्यमका रुपमा प्रतियोगिता आयोजना गरिएको हो ।’
प्रतियोगितामा सहभागी पुख्र्यौली नाचमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवती, बालबालिका र वृद्धवृद्धासमेतले सहभागिता जनाएका थिए । अन्नपूर्ण गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको प्रतियोगिता सञ्चालन गर्न स्वदेश तथा विदेशमा रहेका भुरुङ– तातोपानीवासीको नेतृत्वमा रु १९ लाख सहयोग जुटेको छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनमगरले समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको पूख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रममा कला संस्कृति र सांस्कृतिक क्षेत्रलाई प्राथमिकतामा राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवद्र्धन र प्रचारप्रसार गरिने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई सांस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन वृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली प्रतियोगिताले भुरुङ गाउँमा सांस्कृतिक उत्सव छाएको थियो ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












