मौलिक पुख्र्यौली नाच प्रतियोगिता
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा शनिबार सम्पन्न सर्वाधिक पुरस्कार राशिको मौलिक पुख्र्यौली नाच प्रतियोगितामा अन्नपूर्ण–८ काफलडाँडाको समूह विजयी भएको छ । तीन दिनसम्म सञ्चालन भएको १२ समूहले सहभागिता जनाएको प्रतियोगितामा वडा नं १ दोवा दोस्रो र भुरुङ तातोपानी मैत्री समाज पोखरा तेस्रो भएका छन् ।
तीनवटै समूहलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडाध्यक्ष ओमप्रकाश फगामी लगायतले क्रमश नगद रु ७५ हजार, ६० हजार र ४५ हजारका दरले पुरस्कार वितरण गर्नुभयो । मादलमा अन्नपूर्ण गाउँपालिका–७ रिमा, मारुनीमा वडा नं ५ शिख, हाइमार्ने (लामो स्वर निकाल्ने) मा पाउद्वार, भाका लय र शब्दमा काफलडाँडा, पोसाकमा वडा नं–४ नारच्याङ उत्कृष्ट भए भने वडा नं २ भुरुङ तातोपानीले अनुशासित समूहको उपाधी पाएका छन् ।
प्रतिभा पुन, डम्मर पुर्जा र लालबहादुर पुनको निर्णायक मण्डलले नृत्यको मूल्याङ्कन गर्नुभएको थियो । पुन, मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पूख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि भूमे पुजाको अवसरमा भुरुङ तातोपानीको वडा कार्यालयले पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरेको हो ।
‘पुख्र्यौली नाच पुन, मगर समुदायमा पूर्खैँदेखि चलिआएको पाइन्छ, पछिल्लो समय यो नाच युवा पुस्ताले अगाडि बढाउन नसक्दा हराएर जाने जोखिम बढेको थियो,’ प्रतियोगिताका मूल संयोजक समेत रहेका वडाध्यक्ष ओमप्रकाश फगामीले भन्नुभयो ‘नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्यमका रुपमा प्रतियोगिता आयोजना गरिएको हो ।’
प्रतियोगितामा सहभागी पुख्र्यौली नाचमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवती, बालबालिका र वृद्धवृद्धासमेतले सहभागिता जनाएका थिए । अन्नपूर्ण गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको प्रतियोगिता सञ्चालन गर्न स्वदेश तथा विदेशमा रहेका भुरुङ– तातोपानीवासीको नेतृत्वमा रु १९ लाख सहयोग जुटेको छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनमगरले समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको पूख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रममा कला संस्कृति र सांस्कृतिक क्षेत्रलाई प्राथमिकतामा राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवद्र्धन र प्रचारप्रसार गरिने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई सांस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन वृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली प्रतियोगिताले भुरुङ गाउँमा सांस्कृतिक उत्सव छाएको थियो ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












