अब मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्रिने
काठमाडौँ । मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा तीन परियोजनामा लगानी र ७ वटा विविध सहकार्यसम्बन्धी सम्झौता भएको लगानी बोर्डले जनाएको छ ।काठमाडौंमा आइतबार र सोमबार आयोजित सम्मेलनमा यी सम्झौता भएका हुन् । यद्यपि सरकारले लगानी आह्वानका लागि प्रस्तुत गरेको परियोजना सूचीमा भने यी परियोजना थिएनन् ।
सम्मेलनको पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनका लागि चौधरी ग्रुपको बीएलसी होल्डिङ्स र योट्टा डाटा सर्भिसेज भारतबीच समझदारी भयो । बीएलसी होल्डिङ्सकी प्रतिनिधि मेघा चौधरी र योट्टाका सीईओ सुनील गुप्ताले समझदारीपत्रमा हस्ताक्षर गरे ।
साढे तीन अर्ब लगानीमा मुलुकमा डाटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म निर्माणका लागि समझदारी भएको हो । सम्मेलनको दोस्रो दिन साखः एन्ड कम्पनी र चीनको बोर ग्रुप अफ होटलबीच होटल व्यवसायमा लगानी गर्ने गरी सम्झौता भएको छ । कपिलवस्तुको गोरुसिंगेमा १ अर्ब ९० करोड (जग्गाबाहेक) खर्चेर होटल बनाउने गरी सम्झौता भएको हो ।
सम्मेलनमै अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्टबीच मुगुको रारामा लक्जरी रिसोर्ट बनाउने गरी सम्झौता भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल, सञ्जीव शर्मा र रारा होल्डिङ्स रिसोर्ट प्रालिका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे । रिसोर्ट बनाउन दुई चरणमा गरी १ अर्ब १० करोड खर्चिने रारा होल्डिङ्सका शाहले जनाए ।
सम्मेलनमा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता पनि भएका छन् । रेमिट हाइड्रोको अवधारणाअनुरूप हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्झौता भएको छ । रेमिट्यान्सको रकम जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोग गर्ने गरी सम्झौता भएको हो ।
७०।३ मेगावाट क्षमताको सिम्बुवा खोला जलविद्युत् आयोजना र ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् आयोजनाको सेयर लगानीमा कम्पनीको प्रतिबद्धताअनुरूप वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउने बताइएको छ । यी दुई आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याइनेछ ।
सम्मेलनकै क्रममा नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच सम्झौता भएको छ । नेक्सजेनले एमएबीसीको मुख्य कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्न सहजीकरण गर्नेछ ।
नेपालमा सार्वजनिक–निजी साझेदारी प्रवर्द्धनका लागि वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स ९वाप० र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिस्नर्स ९नाप० बीच महत्त्वपूर्ण सम्झौता भएको छ । वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।
सम्मेलनमा सबैभन्दा बढी सहकार्यसम्बन्धी सम्झौता नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को भएको छ । महासंघले आइतबार नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्न सम्झौता गरेको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ मलेसियाका अध्यक्ष टान स्री दातो सो थियान लाईले सम्झौतापत्रमा हस्ताक्षर गरे । महासंघले आइतबार नै फेडेरेसन अफ मलेसिया म्यानुफ्याक्चरसँग पनि समझदारी गरेको छ ।
सम्मेलनको दोस्रो दिन महासंघले इन्डियन इन्डस्ट्रिज एसोसिएसन ९आईआईए० बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा एफएनसीसीआईसीका तर्फबाट खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे । नेपाल र भारतबीच लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य गरिनेछ । महासंघले सोमबार नै चाइना डोङ्गुआ सिङ लङ लाइटिङ प्रोडक्ट कम्पनीसँग नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्मेलनमा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ ।
सम्मेलनमा उद्योग विभागले यसअघि नै स्वीकृति दिइसकेको ९ अर्ब १३ करोड रुपैयाँ बराबरको विदेशी लगानीको स्वीकृतिपत्र चार जना लगानीकर्तालाई हस्तान्तरण गरेको छ । भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, व्यावसायिक भवन निर्माण तथा सञ्चालनका लागि ३ अर्ब र २ सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख रुपैयाँ र होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ लगानीको स्वीकृतिपत्र दिइएको हो ।
विभागले सम्मेलनमै स्वचालित मार्ग ९अटोमेटिक रुट० मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली उद्घाटन गर्दै कार्यान्वयनमा ल्याएको छ । स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिनेछ । सूचना प्रविधिमा आधारित उद्योगमा न्यूनतम सीमा लागू नहुने विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले जनाए । सम्मेलनमा ३ सय २७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–२, चीन–नेपालमैत्री औद्योगिक पार्क र राइजेन सोलार परियोजना विकास सम्झौता ९पीडीए० गर्ने तय भएको थियो । त्यस्तै डाबर नेपालको विस्तारका लागि परियोजना लगानी सम्झौता ९पीआईए० गर्ने तयारी थियो । तर तयारी नपुग्दा पीडीए र पीआईए हुन नसकेको बोर्डले जनाएको छ ।
सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधि सहित दुई हजार पाँच सयभन्दा बढीको सहभागिता थियो । सम्मेलनका क्रममा आशयपत्र मागिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) का ९ सहित १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेस गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैरऊर्जा परियोजनाको हकमा ३५ दिनको समय दिइएको लगानी बोर्डले बताएको छ । सम्मेलनमा ५५ देशका २२ भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











