आईपीएल: आज मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे सुरु हुनेछ। यसअघि गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्समाथि ९८ रनको शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले ६ विकेटको क्षतिमा २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६।१ बलमा १३७ रनमा अलआउट भएको हो। योसँगै कोलकाता १६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लखनउ भने पाँचौं स्थानमा झरेको छ। उसको १२ अंक छ।
अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताका लागि ओपनर सुनील नारायणले आक्रामक ब्याटिङ गरे। उनले ३९ बल खेल्दै ६ चौका र ७ छक्काको मद्दतमा ८१ रन बनाएका थिए। अंगकृष रघुवंशी ३२, फिल साल्ट ३२, कप्तान श्रेयस अय्यर २३ र आन्द्रे रसेल १२ रनमा आउट हुँदा रमनदीप सिंह २५ र वेंकटेश अय्यर १ रनमा अविजित रहे।
लखनाउका नवीन उल हकले सर्वाधिक तीन विकेट लिए भने यश ठाकुर, रवि बिश्नोई र युद्धवीर सिंहले एकएक विकेट हात पारे।२३६ रनको लक्ष्य पछ्याएको लखनउका लागि मार्कश स्टोनिसले सर्वाधिक ३६ रन बनाउँदा कप्तान केएल राहुलले २५ रन जोडे। एस्टन टर्नर १६, आयुष बडोनी १५ र निकोलस पुरन १० रनमा आउट हुँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
लखनउलाई सस्तैमा समेट्न कलकाताका लागि हर्षित राना र वरुण चक्रवर्तीले समान तीनतीन विकेट हात पारे। आन्द्रे रसेलले दुई विकेट लिँदा सुनिल नारायण र मिचेल स्टार्कले समान एकएक विकेट हात पारे।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












