इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
अरुण जेटली स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्यलाई २० रनले पराजित गरेको हो ।
दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्स २० ओभरमा ८ विकेट गुमाएर २०१ रनमा समेटियो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ८६ रनको योगदान दिए । यस्तै, रियान प्रयागले २७, शुभम दुबेले २५, जोस बटलरले १९ र रोभमन पावेलले १३ रन जोड्दा ओपनर यशस्वी जैसवाल ४ र रविचन्द्रन आश्विन २ रनमै पवेलियन फर्किएका थिए ।
दिल्लीका लागि कुलदीप यादव, मुकेश कुमार र खलिल अहमदले समान २-२ विकेट तथा अक्षर पटेल र रसिख सलामले १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ गुमाएर २ सय २१ रनको योगफल तयार पारेको थियो । दिल्लीका लागि अभिषेक पोरेलले सर्वाधिक ६५ रनको योगदान दिए ।
यस्तै, जेक फ्रेजर मैकगर्कले ५० र ट्रिस्टन स्टब्सले ४१ रन जोडे । यसैगरी, गुलबदीन नाइबले १९, अक्षर पटेल र ऋषभ पन्तले समान १५-१५, रसिक सलामले ९ र कुलदीप यादवले ५ रनको योगदान दिए ।
राजस्थानका लागि रविचन्द्र आश्वनले ३ तथा युजवेन्द्र चाहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १-१ विकेट लिए ।
जितसँगै दिल्ली १२ खेलबाट १२ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । पराजित राजस्थानमा भने ११ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा यथावत छ । ११ खेलबाट १६ अंक नै रहेको कोलकाता नाइट राइडर्स भने नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












