इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
अरुण जेटली स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्यलाई २० रनले पराजित गरेको हो ।
दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्स २० ओभरमा ८ विकेट गुमाएर २०१ रनमा समेटियो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ८६ रनको योगदान दिए । यस्तै, रियान प्रयागले २७, शुभम दुबेले २५, जोस बटलरले १९ र रोभमन पावेलले १३ रन जोड्दा ओपनर यशस्वी जैसवाल ४ र रविचन्द्रन आश्विन २ रनमै पवेलियन फर्किएका थिए ।
दिल्लीका लागि कुलदीप यादव, मुकेश कुमार र खलिल अहमदले समान २-२ विकेट तथा अक्षर पटेल र रसिख सलामले १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ गुमाएर २ सय २१ रनको योगफल तयार पारेको थियो । दिल्लीका लागि अभिषेक पोरेलले सर्वाधिक ६५ रनको योगदान दिए ।
यस्तै, जेक फ्रेजर मैकगर्कले ५० र ट्रिस्टन स्टब्सले ४१ रन जोडे । यसैगरी, गुलबदीन नाइबले १९, अक्षर पटेल र ऋषभ पन्तले समान १५-१५, रसिक सलामले ९ र कुलदीप यादवले ५ रनको योगदान दिए ।
राजस्थानका लागि रविचन्द्र आश्वनले ३ तथा युजवेन्द्र चाहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १-१ विकेट लिए ।
जितसँगै दिल्ली १२ खेलबाट १२ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । पराजित राजस्थानमा भने ११ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा यथावत छ । ११ खेलबाट १६ अंक नै रहेको कोलकाता नाइट राइडर्स भने नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका...
-
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको...
-
लमजुङमा भूकम्पको धक्का महसुस
काठमाडौं । लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस...
-
७ दिनभित्र एनआरएनए सचिवालय शेष घले नेतृत्वको समितिलाई बुझाउन सर्वोच्चको निर्देशन
काठमाण्डौ । सर्वोच्च अदालतले शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ७ दिनभित्र सचिवालय हस्तान्तरण गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिवालयलाई निर्देशन...
-
तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन: सुरु गर्ने
काबुल । एक अफगान महिला रेडियो स्टेशनले विदेशी टेलिभिजन च्यानलसँग कथित सहकार्यका कारण तालिबानले लगाएको निलम्बन हटाएपछि प्रसारण पुनः सुरु...
-
आजको राशिफल: २०८१ फागुन १२ गते साेमवार
मेष: काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य...
-
पोखराको हावा प्रदूषणले खतराको तह पार, अन्य ४ सहरको अस्वस्थ तहमा
काठमाडौं । पोखराको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । वातावरण विभागका अनुसार दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु...
-
फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी
काठमाडौं । ताप्लेजुङ फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नआए सम्मको...