सरकार ‘भेप’माथि किन प्रतिबन्ध लगाउँदै छ
काठमाडाैं । स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकायले ‘भेप’ वा ‘विद्युतीय चुरोट’लाई नेपालमा प्रतिबन्ध लगाउन सरोकारवाला सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ।
बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक जना अधिकारीले यस्ता उपकरणहरूको आयातमा समेत प्रतिबन्ध लगाइने बताएका छन् । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रवक्ता भक्तबहादुर केसीले कानुनमा यसअघि नै रहेको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको बताए।
“सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१ को दफा २८ मा यस्ता पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने व्यवस्था छ। त्यसैको कार्यान्वयनका लागि यसको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको हो,” केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमुख केसीले भने केन्द्रले वैशाख १७ गते यस्तो पत्राचार गरिएको जनाएको छ।
नेपालमा भेपका उपकरणभित्र सुन राखेर तस्करी गर्ने गरिएको विवरण पनि सार्वजनिक भएका थिए। विदेशबाट सुन तस्करी गरेर ल्याउन भेप प्रयोग गरेको अभियोगमा केही विदेशी सहित पूर्वसभामुख कृष्णबहादुर महराका एक जना छोरा समेत हिरासतमा छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले केन्द्रको पत्र कार्यान्वयन गरिने बताए।
“हामीले यसअघि एक वर्षसम्म भेपको आयात गर्ने नयाँ कम्पनीहरूको दर्तामै रोक लगाएको पनि हो। तर भेप सुर्तीजन्य पदार्थ भित्र पर्छ वा पर्दैन भन्ने स्पष्ट कानुनी परिभाषा रहेनछ। त्यसपछि विभाग खोल्न बाध्य भयो,” उनले भने।
उनका अनुसार नेपालको निकासीपैठारीसम्बन्धी कानुनले सुर्तीजन्य पदार्थको आयातमा रोक लगाएको छ। “स्वास्थ्य मन्त्रालयकै निकायबाट यो सुर्तीजन्य पदार्थ हो र रोक्नपर्यो भनेर आएपछि विभागले रोक लगाउँछ,” पोखरेलले भने । भारतमा पनि भेपमा प्रतिबन्ध लगाइएको छ तर स्थानीय सञ्चार माध्यमका अनुसार यो प्रभावकारी भएको छैन।
प्रतिबन्ध लगाइनुको कारण
स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले नेपालमा विशेष गरी युवा र बालबालिकाहरूमा भेपको प्रयोग बढ्दो रहेको र यसले स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै प्रतिबन्धका लागि पहल गरिएको जनाइको छ। “विद्युतीय चुरोटलाई यसका उत्पादकहरूले सुर्तीजन्य पदार्थको रूपमा परिभाषित गर्दैनन्।
उनीहरूले सुर्तीजन्य पदार्थ छोड्न सहयोग गर्ने भनेर प्रचार गर्छन् तर सुर्तीजन्य पदार्थ प्रयोग नै नगरेकाहरूले यसको प्रयोग गरिरहेका छन् र यसले अन्य सुर्तीजन्य पदार्थ प्रयोगको लतमा फस्ने सम्भावना हुन्छ,” केसी भन्छन्।
“यसमा निकोटिन हुन्छ, जसले मुटु र रक्तनली सम्बन्धी रोगहरूको जोखिमका साथै श्वासप्रश्वाससम्बन्धी रोगहरू पनि निम्त्याउँछ।”
केन्द्रले स्वास्थ्यलाई प्रतिकूल असर पार्ने यस्ता वस्तुहरूमा ठूलो मात्रामा राज्यको पैसा देशबाहिर गइरहेका कारण पनि त्यसलाई रोक्न पहल गरिएको बताएको छ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार...












