एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।उनीहरूका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहारआसपास विकास भएको न्यूनचापीय प्रणाली सक्रिय छ।
शनिवारपछि पश्चिमी वायुको प्रभाव अझ बढ्ने पूर्वानुमान गरिएकाले आगामी साता पनि वर्षाको सम्भावना उच्च रहेको उनीहरूको भनाइ छ।मौसमविद्हरूले यसलाई मनसुनपूर्वको अर्थात् प्री-मनसुन वर्षा भनेका छन्। दैशैभरि डढेलो लागेकाले त्यसको न्यूनीकरणमा यो वर्षाले महत्त्वपूर्ण योगदान गर्न सक्ने ठानिएको छ।
यद्यपि कतिपय स्थानमा चट्याङका कारण मानिसहरूको ज्यान गएको खबर पनि आएका छन्। विज्ञहरू यो मौसममा उच्च गतिको हावाहुरी चल्ने र चट्याङ पर्ने भएकाले त्यस्ता गतिविधिबाट बच्ने उपायहरू अपनाउन आग्रह गर्छन्।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी यो सातामा देशैभरि पूर्ण तथा आंशिक वर्षाको सम्भावना रहेको बताउँछन्।
पुडासैनी भन्छन्, ‘शुक्रवारसम्म अहिलेकै प्रणालीहरूका कारण वर्षाको सम्मावना छ भने शनिवारदेखि पश्चिमी वायु अझ सक्रिय हुने देखिन्छ।त्यसले अर्को साता पनि वर्षा हुने हामीले पूर्वानुमान गरेका छौँ। यस बेला विशेष गरी उच्च पहाडी तथा हिमाली भागहरूमा हिमपातको सम्भावना पनि छ।’
महाशाखाले जारी गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा पनि नेपालमा यो साताभरि नै बदली रहने उल्लेख छ। त्यसमा भनिएको छ,’देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।’
‘देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’
चट्याङ र हावाहुरीबाट क्षति
प्री(मनसुनको समयमा नेपालमा चट्याङ र हावाहुरीका घटनाहरू धेरै हुने गरेको विज्ञहरू बताउँछन्। विशेष गरी नेपालमा चैतदेखि जेठसम्म चट्याङ धेरै पर्ने गरेको बताइन्छ। चट्याङका कारण बर्सेनि ठूलो जनधनको क्षति पनि हुने गरेको छ।
तर अझै पनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम उस्तै रहेको देखिएको विज्ञहरू बताउँछन्।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणअनुसार वैशाख लागेयता चट्याङका ४१ घटनामा परेर ७ जनाको निधन भइसकेको छ भने ३१ जना घाइते भएका छन्।
त्यस अवधिमा ५२ घरपरिवार चट्याङबाट प्रभावित भएको र एउटा घरमा पूर्ण एवं तीन वटा घरमा आंशिक क्षति भएको छ। उक्त केन्द्रका अनुसार विगत तीन वर्षमा चट्याङबाट एक सय ५३ जनाको निधन भइसकेको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











