एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।उनीहरूका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहारआसपास विकास भएको न्यूनचापीय प्रणाली सक्रिय छ।
शनिवारपछि पश्चिमी वायुको प्रभाव अझ बढ्ने पूर्वानुमान गरिएकाले आगामी साता पनि वर्षाको सम्भावना उच्च रहेको उनीहरूको भनाइ छ।मौसमविद्हरूले यसलाई मनसुनपूर्वको अर्थात् प्री-मनसुन वर्षा भनेका छन्। दैशैभरि डढेलो लागेकाले त्यसको न्यूनीकरणमा यो वर्षाले महत्त्वपूर्ण योगदान गर्न सक्ने ठानिएको छ।
यद्यपि कतिपय स्थानमा चट्याङका कारण मानिसहरूको ज्यान गएको खबर पनि आएका छन्। विज्ञहरू यो मौसममा उच्च गतिको हावाहुरी चल्ने र चट्याङ पर्ने भएकाले त्यस्ता गतिविधिबाट बच्ने उपायहरू अपनाउन आग्रह गर्छन्।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी यो सातामा देशैभरि पूर्ण तथा आंशिक वर्षाको सम्भावना रहेको बताउँछन्।
पुडासैनी भन्छन्, ‘शुक्रवारसम्म अहिलेकै प्रणालीहरूका कारण वर्षाको सम्मावना छ भने शनिवारदेखि पश्चिमी वायु अझ सक्रिय हुने देखिन्छ।त्यसले अर्को साता पनि वर्षा हुने हामीले पूर्वानुमान गरेका छौँ। यस बेला विशेष गरी उच्च पहाडी तथा हिमाली भागहरूमा हिमपातको सम्भावना पनि छ।’
महाशाखाले जारी गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा पनि नेपालमा यो साताभरि नै बदली रहने उल्लेख छ। त्यसमा भनिएको छ,’देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।’
‘देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’
चट्याङ र हावाहुरीबाट क्षति
प्री(मनसुनको समयमा नेपालमा चट्याङ र हावाहुरीका घटनाहरू धेरै हुने गरेको विज्ञहरू बताउँछन्। विशेष गरी नेपालमा चैतदेखि जेठसम्म चट्याङ धेरै पर्ने गरेको बताइन्छ। चट्याङका कारण बर्सेनि ठूलो जनधनको क्षति पनि हुने गरेको छ।
तर अझै पनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम उस्तै रहेको देखिएको विज्ञहरू बताउँछन्।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणअनुसार वैशाख लागेयता चट्याङका ४१ घटनामा परेर ७ जनाको निधन भइसकेको छ भने ३१ जना घाइते भएका छन्।
त्यस अवधिमा ५२ घरपरिवार चट्याङबाट प्रभावित भएको र एउटा घरमा पूर्ण एवं तीन वटा घरमा आंशिक क्षति भएको छ। उक्त केन्द्रका अनुसार विगत तीन वर्षमा चट्याङबाट एक सय ५३ जनाको निधन भइसकेको छ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












